काभ्रेमा दुर्घटना : डीआईजी र पत्रकारसहित चारको मृत्यु (अपडेट)

काभ्रेमा दुर्घटना : डीआईजी र पत्रकारसहित चारको मृत्यु (अपडेट)

बनेपा : काभ्रेमा शनिबार दिउँसो भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु  भएको छ भने अन्य चार घाइते छन्। 

मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा तीन जनाको मृत्यु हुनुका साथै पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो।
 

जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र  डीआईजी सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए। 

उनका अनुसार  जिपमा सवार अन्य तीनजना घाइते छन्। घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ। जिप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो दुई बजे सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालले जानकारी दिए ।  

त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा  धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क  ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको  मृत्यु भएको हो। 

जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार   मोटरसाइकल चालक सामान्य छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.