उमेर –१०१, नागरिक– बल्ल

उमेर –१०१, नागरिक– बल्ल

डोटी  : मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी गाउँपालिका–७, पोखरीकी जगुदेवी खड्काको जवाफ छ, ‘नागरिकता पाउँदा ।’ हुन पनि उनले १ सय १ वर्षमा आइतबार नागरिकता पाइन् । ‘यो उमेरमा नागरिकता लिन पाउँदा मन फुरुङ्ग भएको छ’, प्रफुल्ल मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सरकारले सम्मान र सुविधा पनि दिन्छ कि ? ’

जगुदेवीलाई आजसम्म नागरिकता चाहिएकै थिएन । जिन्दगीमा उनले आफ्नो परिचय दिनका लागि कतै पनि कागज बुझाउनु परेन । ८० वर्षदेखि वृद्धभत्ता बुझ्दै आएकी थिइन्, त्यसका लागि नागरिकता अनिवार्य थिएन । ‘हजुरआमाले चिनाका आधारमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको थियो,’ जगुदेवीका नाति तेजेन्द्रकुमार खड्काले भने ।

सरकारले चालु आर्थिक वर्षदेखि वृद्धभत्ता लिन नागरिकता अनिवार्य ग¥यो । अनि मात्रै जगुदेवीका लागि नागरिकता जरुरी प¥यो । ‘अहिलेसम्म मलाई यो (नागरिकता) चाहिएकै थिएन’, उनले भनिन् ।

पूर्वीचौकी–७ वडाध्यक्ष प्रकाश साउदले ज्येष्ठ नागरिकलाई नागरिकताका लागि सिफारिस गर्न पाउँदा खुसी लागेको बताए । ‘यति धेरै वर्ष भएको व्यक्तिलाई नागरिकता प्रदान गरिएको मेरो र कार्यालयकै इतिहासमा पहिलो घटना हो’, प्रजिअ यादव सुवेदीले भने, ‘म पनि दंग छु ।’ जगुदेवीले नाति तेजेन्द्रकै पहलमा नागरिकता लिएकी हुन् ।

१९७४ असोज ५ गते जन्मेकी जगुदेवीका चार छोरा दुई छोरीमध्ये तीन छोरा र एक छोरीको मृत्यु भइसकेको छ । उनका माइला छोरा र एक छोरी छन् । अहिले उनी माइला छोरासँगै बस्दै आएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.