एवाइसी अन्तरपालिका भलिबलको उपाधि शितगंगालाई

एवाइसी अन्तरपालिका भलिबलको उपाधि शितगंगालाई

सन्धिखर्क : एवाइसी अन्तरपालिका स्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि शितगंगा नगरपालिका हात पार्न सफल भएको छ। फाइनल खेलमा शितगङ्गा नगरपालिकाले डिफेन्डिङ्ग च्याम्पियन भूमिकास्थान नगरपालिकालाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो। 

शितगंगाले भुमिकास्थानलाई पहिलो सेट २५-२२ को अन्तरले र दोश्रो सेट २५-२३ अंकको अन्तरले पराजित गरेको थियो । भने तेस्रो सेट भुमिकास्थानले उत्कृष्ट प्रद्धर्शन गर्दै शितगंगालाई २५-२० अंकको अन्तरले पराजित गरेको हो। 

तर, खेलको चौथो सेटको खेल निकै नै प्रतिष्प्रधात्मक बन्यो। चौथो सेटको खेलमा भुमिकास्थानलाई २८-२६ अंकको अन्तरमा पराजित गर्दै शितगंगाले एवाइसी भलिबल प्रतियोगीता २०७५ को उपाधि उचाल्न सफल भएको हो। 

विजयी भएसँगै शितगंगाले ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। यस्तै द्धितीय भएको भुमिकास्थानले नगद ३० हजार, र तेस्रो भएको मालारानी गाउँपालिकाले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाण हात पारेका छन्। 

यस्तै परिषद्ले खेल अवधिभर उत्कृष्ट खेल प्रद्धर्शन गरेको भन्दै भुमिकास्थानका खेलाडी केशर के.सी. र शितगंगाका खेलाडी आकाश बेल्वासेलाई पुरस्कृत गरेको छ। युवाको एकता समाज सुधारमा अग्रसरता भन्ने नाराका साथ अर्घाखाँची युवा परिषद्को आयोजनामा सञ्चालन भएको खेलमा जिल्लाका ६ वटा पालिकाको सहभागिता रहेको थियो। 

कार्यक्रममा मन्तव्य राख्दै परिषद्का महासचिव प्रकाश भुसालले आगामी वर्ष हुने अन्तरपालिका भलिबल प्रतियोगीतामा सहयोग गर्न जिल्लाका पालिकालाई आग्रह गरेका छन्। पुरस्कार वितरण कार्यक्रम अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.