किसानको पक्षमा नीति बनाउन आग्रह

किसानको पक्षमा नीति बनाउन आग्रह

राजविराज : सप्तरीका किसान अगुवाहरुले किसान मैत्री नीति बनाउन सरकारसमक्ष माग गरेका छन् । संघीय संरचना अनुरुप किसान अधिकार सुनिश्चित गर्न उनीहरुले आवाज उठाएका हुन् ।

“कृषकसँग सरकार” नामक राष्ट्रिय अभियानको क्रममा सप्तरीको महुलीमा भेला भएका किसान अगुवा तथा स्थानीय किसानहरुले यस्तो बताएका हुन् । कृषक आयोगका पदाधिकारीहरुसँग यहाँका किसानले आफ्नो अनुकुल नीति बनाउन पहल गरिदिन पनि आग्रह गरेका छन् । काठमाडौंबाट सप्तरी आएका राष्ट्रिय कृषक आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भने कृषकहरुको अधिकारका लागि आफूहरु सडक संघर्ष गर्न समेत तयार रहेको बताए ।

श्रेष्ठले संविधानप्रदत्त मौलिक हकबाट किसानलाई वञ्चित गर्न खोजे किसानहरुलाई साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन् । उनले भने, “देशका अन्नदाता कृषकहरुलाई राज्यले उपेक्षा गर्न मिल्दैन, संविधान प्रदत्त मौलिक हकवाट वन्चित गर्न पाइँदैन ।”

गरीखाने र राष्ट्रको अर्थतन्त्रलाई समेत कृषिको माध्यमले महत्वपूर्ण योगदान दिइरहेका किसानहरुको समस्याहरुलाई लिएर सधै खबरदारी गर्ने श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कृषि विज्ञ तथा आयोगका सदस्य उदयचन्द्र ठाकुरले राज्यका नीति कृषकमैत्री बनाउन आयोगबाट ठोस पहल भइरहेको जानकारी दिए ।

यस्तै आयोगकी सदस्य मिना तामाङले दुध उत्पादक कृषकहरुको मागलाई ध्यानमा राखी सातवटै प्रदेशमा एक एकवटा पाउडर प्लाण्ट तथा ठूलो क्षमताको शीत भण्डार खोल्न सरकारलाई सुझाव दिने बताइन् । कार्यक्रममा कृषि विज्ञ तथा पशु चिकित्सकहरु पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.