सप्तरीमा फेरि एक महिलाको शंकास्पद मृत्यु

सप्तरीमा फेरि एक महिलाको शंकास्पद मृत्यु

राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिकामा बुधबार २५ वर्षीया महिलाको रहस्यमय मृत्यु भएको छ । विषादी सेवनबाट बोदे बर्साइन नगरपालिका ७ की आरतीकुमारी यादवको शंकास्पद मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय बोदे बसाईनले मृतकका श्रीमान ३० वर्षीय सुरेश यादव र ससुरा ५५ वर्षीय रामदेव यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय बोदे बर्साइनका अनुसार धान, तरकारीमा छर्कने ब्लुम नामक विषादीको बट्टा मृतकको घरबाट बरामद गरिएको छ । पाँच वर्षदेखि वैदेशिक रोजगारका लागि मलेसियामा रहेका अशोकले विदेशमै बिहे गरेको कुरामा घरमा विवाद भइरहेको थियो ।

 
चारदिन अघि मात्र विदेशबाट घर आएका अशोक र आरतीबीच बहुविवाह गरेको कुरामा दैनिक विवाद हुने गरेको छिमेकीले बताएका छन् । दुई वर्षअघि सामाजिक परम्पराअनुसार विवाहित मृतकको सन्तान छैन्।
इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार विषसेवनबाट गम्भीर बनेकी उनको उपचारका क्रममा सिरहाको लहानस्थित राउ स्मारक अस्पतालमा मृत्यु भएको हो । महिलाको शंकास्पद मृत्यु भएपछि बोदे बर्साइन नगपालिका ५ स्थित मृतकको माइत पक्षलाई खबर गरिएको छ ।

शंकास्पद मृत्यु भएपछि प्रहरीले मृतकका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु एसपी राजेन्द्र विष्टले जानकारी दिए । बहुविवाहको विवाद र झगडापछि आवेशमा विषसेवन गरेर आत्महत्या गरेको वा अन्य कसैले विषसेवन गराई हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि दसैंको टीकाकै दिन राजविराज नगरापलिका ६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी ४५ वर्षीया आशादेवी देवको हत्या भएको थियो । सो घटनामा प्रहरीले देवकै साथी तथा छिमेकी चारजनालाई पक्राउ गरी गत सोमबार मात्र सार्वजनिक गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.