काभ्रेमा ट्रक दुर्घटना : दुईको मृत्यु, तीन घाइते
बनेपा : काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका–८ स्थित मानपुरे डाँडामा शनिबार राति ट्रक दुर्घट्ना हुँदा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । ना १ क ९५२४ नं.को खाली ट्रक सडकबाट अनियन्त्रित भइ सय मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्का अनुसार मृत्यु हुनेहरुमा भुम्लु गाउँपालिका ६ का १९ वर्षीय सुमन पहरी, सोही वडाका २८ वर्षीय सरोज पहरी रहेकाछन् ।
उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको एसपी खड्काले जानकारी दिए । घाइतेमा सोही वडाका निरबहादुर पहरी, श्रीकृष्ण पहरी र ३१ वर्षीय सरोज पहरी रहेका छन् । उनीहरुकोे धुलिखेल अस्पतालमा उपचार भइरहको छ । ट्रकमा सात जना सवार रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !