जरासन्ध कुल्चँदै तिहार

जरासन्ध कुल्चँदै तिहार

डोटी : डोटीको जोरायल गाउँपालिकाको जोरायल क्षेत्रमा प्रत्येक वर्ष भाइटीकाका दिन ठूलो मेला लाग्ने गर्छ। टीका लगाएपछि प्रत्येक गाउँबाट बाजासहित भोस्सो खेल्दै एक ठाउँमा मिल्ने गर्छन्। गाउँ–गाउँबाट पञ्चेबाजा घन्काइँदै चौलो नाच नाचिन्छ। भोस्सोको खेलको इतिहास पौराणिक कालसँग जोडिएको छ।

द्वापरयुगमा मगद देशका राजा जरासन्ध भगवान् कृष्णसँग युद्धमा पटक पटक हार खाई तपस्या गर्न भनी अहिलेको जोरायलमा पुगेका थिए। अर्कातर्फ बाह्रबर्से वनवास र एकबर्से गुप्तवासमा पाण्डवहरू पनि जोरायल क्षेत्र पुगेका धर्मग्रन्थहरूमा उल्लेख गरिएको भेटिन्छ। द्रौपदी चौतारो, भीम क्षेदन शिला, भीमले पीठो मुछेको ढुंगा आदि अहिले पनि जोरायल क्षेत्रमा छन्।

पौराणिक कालमा जोरायल जलमग्न थियो। जलमग्न जोरायलको पानी निकासका लागि भीमले दुई डाँडा काटेका थिए। त्यसपछि भ्रमणका क्रममा निस्किएका पाण्डवले जोरायल क्षेत्रको सिलिंगीबागमा राक्षस जरासन्धलाई फेला पारी लखेट्दै चनकट्टेमा पु¥याई कृष्णको सहयोगमा भीमले वध गरेको भन्ने पौराणिक कथन छ। जरासन्ध बसेको ठाउँ भएकाले जरायलबाट अप्रभंश भई जोरायल नाम रहन गएको बुढापाका बताउँछन्।

राक्षस जरासन्धको वधको खुसीयालीमा भेला हुने र भोस्सो खेल्ने परम्परा परापूर्वकालदेखि नै चल्दै आएको हो। जरासन्धलाई कुल्चिने, उसलाई माथि उठ्न नदिने हेतुले प्रत्येक वर्ष भोस्सो खेलिन्छ। यदि भोस्सो नखेले जराजन्धको कुप्रभाव बढ्न गई अशान्ति हुने विश्वाससमेत गरिएको छ।

जोरायल क्षेत्र वरपर पञ्चेबाजासहित मानिस भेला भएर एकै ठाउँमा भोस्सो खेलिन्छ। तल्लो र माथिल्लो पुस्ताका मानिस संगठित भई आफ्नो शक्तिसहित एक अर्काको समूहसामु उत्तेजित भएर एउटा कृत्रिम भिडन्त गर्ने गर्छन्। जसलाई स्थानीय भनाइमा भोस्सोले बुझिन्छ। यद्यपि यो जुझाइ मजाकपूर्ण भए पनि सक्दो बल प्रदर्शन हुने गर्छ। खेल हेर्नलायक हुन्छ।

यसरी भोस्सो खेल्दै जोरायलबासीले तिहारलाई मनाउने र खुसीयालीका साथ बिदाई गर्ने चलन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.