अध्यक्षकप भलिबलको उपाधि ठुलापोखरालाई

अध्यक्षकप भलिबलको उपाधि ठुलापोखरालाई

अर्घाखाँची : छत्रदेव गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्षकप भलिबल प्रतियाेगिताको उपाधि वडा नं. ६ ठुलापोखराले हात पारेकाे छ । वडा नं. ५ छत्रगञ्जलाई ३–१ को सेटमा पराजित गर्दै ठुलापोखरा विजयी भएको हो । 

प्रतियोगितामा विजयी भएको ठुलापोखरालाई ४० हजार नगदसहित शिल्ड, द्धितीय भएको छत्रगञ्जले नगद २५ हजार प्रदान गरिएकाे छ । यस्तै तृतीय भएका वडा नं. १ चिदिका र वडा नं. ८ अर्घातोषलाई समान १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । 

प्रतियोगिताको समापन कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका सभापति पिताम्बर भुसालले गाउँपालिकाले भलिबल प्रतियोगिताको आयोजना गरेर स्थानीय तहमा भएका प्रतिभालाई बाहिर ल्याउन मद्दत गरेको बताए । 

यस्तै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले पाँच नम्बर प्रदेशमै पहिलो पटक छत्रदेव गाउँपालिकाले अध्यक्षकप भलिबल प्रतियोगीताको सुरुवात गरेको बताए । उनले अध्यक्षकप भलिबल प्रतियोगितालाई प्रत्येक वर्ष सञ्चालन गर्ने जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.