इजरायलमा कार्यरत महिलाद्वारा आगलागीपीडितलाई सहयोग
रौतहट : रौतहटको परोहा नगरपालिका–८ मोतिपुर नरकटीया टोलस्थित आगलागी पीडित परिवारलाई इजरायलमा कार्यरत एक महिलाले सहयोग गरेकी छन् ।
१३ वर्षयता इजरायलमा वैदेशिक रोजगारीको शिलशिलामा कार्यरत सर्लाहीको बरहथवा–९ टारीटोल निवासी सरिन ख्युङ्वा तामाङले सहयोग गरेकी हुन् । आगलगी पीडित बिगु ठाकुर, सिकिन्द्र ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरलाई सरिनले खाद्यान्न सामाग्री र कपडा सहयोग गरेकी हुन् ।
लक्ष्मीपूजाको राती दिपावली बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको थियो । पीडित परिवारलाई तामाङले चामल, आलु, दाल, मस्यौरा, नुन, खानेतेल, चिउरा, ब्ल्यांकेट लगायत दैनिक उपभोग्य सामान जुटाइदिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस !