धनीहरुले आफन्तलाई रकम बाँडे, अब चुक्कुल लगाउँदै छौँ : अर्थमन्त्री खतिवडा

धनीहरुले आफन्तलाई रकम बाँडे, अब चुक्कुल लगाउँदै छौँ : अर्थमन्त्री खतिवडा

बिर्तामोड : अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।

झापाको बिर्तामोडमा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आयोजना गरेको व्याज अनुदान फिर्ता कार्यक्रमलाई शनिबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताएका हुन् ।

‘युवालाई बिदेश पलायन हुनबाट जोगाउन सरकाले लक्ष लिएको छ, सोही लक्ष पूरा गर्नकै लागि कर लिइएको हो, यो रकम जनताकै हातमा अनुदान आउँछ,’ खतिवडाले भने ।

युवालाई अनुदान दिने रकम करबाट संकलन नगरे विदेशबाट ऋण लिनुपर्ने हुँदा देशलाई ऋणको भार नथप्न पनि सरकारले यस्तो रणनीति लिएको उनले बताए । ‘पहिले म गभर्नर भएको समयमा हाम्रै योजनाबाट युवा लक्षित स्वरोजगार कोष सुरु गरेका हौँ, अहिले यो योजनाले धेरै युवालाई व्यवसायी बनाएको छ, अब अझै धेरै युवालाई व्यवसायी बनाउन लघु कर्जा देखि लिएर विभिन्न कोष हामी खडा गर्दैछौँ,’ मन्त्री खतिवडाले भने ।

पहिले स्वरोजगार कोषको रकम दुरुपयोग भएको बताउँदै उनले भने, ‘धनिमानीले नै कोषको रकम कसरी लिन सकिन्छ भनेर सहकारी बनाए अनि रकम लिए, आफन्तलाई बाँडेर दुरुपयोग गरे, यो सरकारलाई राम्ररी थाहा छ, यसलाई कहाँबाट चुक्कुल लगाउने सोचेरै कर्जा सम्बन्धि विभिन्न नियम सरकारले ल्याउन लागेको छ ।’

सहकारीलाई कर लगाउने नियम आयकर ऐनमा राख्नुपर्ने भए पनि अहिले सहकारी ऐनमा हुँदा केही समस्या भएकाले ऐन संसोधन गरी आयकरमा राख्ने तयारी भइरहेको समेत मन्त्री खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.