ट्याक्टर दुर्घटनामा मृत्यु भएका तीनैजनाको सामूहिक दाहसंस्कार

ट्याक्टर दुर्घटनामा मृत्यु भएका तीनैजनाको सामूहिक दाहसंस्कार

गाईघाट : उदयपुरको बेलका नगरपालिका- ८ रङ्गमहलमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका तीनैजनाको सामूहिक दाहसंस्कार गरिएको छ। मृतक सबै एकै गाउँका रहेकाले हिन्दु संस्कारअनुसार स्थानीय गिदेरी खेलाको किनारामा सामूहिकरुपमा दाहसंस्कार गरिएको हो।

मृतकको दाहसंस्कारमा पुगेका बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले मृतक र घाइतेप्रति सहानुभूति प्रकट गर्दै परिवारलाई सक्दो सहयोग गर्ने बताए। मदन भण्डारी लोकमार्गअन्र्तगतको धरान-चतरा-गाईघाट सडकखण्डको रङ्गमहलको उकालोमा आइतबार साँझ स.१.त. ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा बेलका नपा २ का १९ वर्षीया विनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दीपीका चौधरीको मृत्यु भएको थियो।

उदयपुर र सुनसरी जिल्लाको सिमाना चतराघाटको कोसी पुलमा वनभोज खाएर घर बेलका नपा २ को तपेश्वरी वेलहा फर्कने क्रममा उकालोको घुम्तिमा मोडने क्रममा ट्याक्टर दुर्घटना भएको थियो। घटना लगत्तै पुगेको इप्रका रामपुरको टोली र स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा तीनजनाको बाटोमा मृत्यु भएको थियो।

वनभोज खाएर फर्कदै गरेको ट्याक्टरमा ३६ जना सवारतथिए।दुर्घटनामा गम्भीर घाइतेमध्ये विपासा चौधरी, प्रज्वल चौधरी, प्रतिक्षा चौधरी र देविका चौधरीको नोबेल हस्पिटल विराटनगरमा र मन्दिरा चौधरीसहित ६ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविनकुमार सिंहले जानकारी दिए । 

घाइते मन्दिरा चौधरीको दुवै खुट्टाको जोर्नी फ्याक्चर भएको, प्रज्वल चौधरीको टाउँकोमा तीन ठाउँमा ब्लड र हावा जमेको छ। प्रज्वलको सोमबार नै अप्रेसन गरिएको बुवा ध्रमेन्द्रप्रसाद चौधरीले बताए। त्यस्तै आइसीयुमा रहेका प्रतिक्षा चौधरीको अझैसम्म होस खुल्न सकेको छैन्। मृत्युपछि भागलपुर गाउँ पुरै शोकमा डुबेको छ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.