१० महिनामा ३९ बलात्कार, बढी पीडित बालिका नै

१० महिनामा ३९ बलात्कार, बढी पीडित बालिका नै

गाईघाट : उदयपुरमा पछिल्लो १० महिनायता बलात्कारका घटना ह्वात्तै बढेको एक तथ्यांकले देखाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पूर्वसमिक्षा कार्यक्रममा जिल्लामा ३९ बलात्कारका घटना घटेको तथ्यांक प्रस्तुत गरेको हो ।

३९ घटनामध्ये २६ वटा बलात्कार र बाँकी १३ वटा बलात्कारको प्रयास रहेको बताइएको छ । तथ्यांकअनुसार बलात्कार र बलात्कारको प्रयासबाट २१ जना बालिका र १८ जना महिला प्रताडित भए । कार्यक्रममा सन् २०१८ को जनवरीदेखि अक्टोवरको अन्तिमसम्म अर्थात् १० महिनामा जिल्लामा ७० वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटेको देखाइएको छ ।

सबै घटना गैरराज्य पंक्षबाट भएको तथ्यांकले देखाएको छ । समग्र घटनाबाट ७३ जना पीडित भएका छन् । इन्सेकको अभिलेखमा रहेका ७० घटनामध्ये ३४ वटा अदालतले फैसला र मेलमिलापकर्तामार्फत मिलापत्र गरिएको जनाइएको छ । घटनालाई हेर्दा बालिका बलात्कार १२, बलात्कारको प्रयास ८, अपहरण गरी बालिका बलात्कार १, महिला बलात्कार १३, बलात्कारको प्रयास ५, घरेलुहिंसा १५, वहुविवाह ५ छन् ।

तथ्यांकमा ७ वर्षीया बालिका समेत आफ्नै हजुरबुुवाबाट बलात्कारको शिकार भएको देखाइएको छ । अपाङ्गता भएका महिला र बालबालिका पनि बलात्कारको शिकार भएको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.