भाइसँगको विवादमा दाइको हत्या

भाइसँगको विवादमा दाइको हत्या

तौलिहवा : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मोतीघारीमा शुक्रबार राति स्थानीय नेता दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या भएको छ । दीपेन्द्रका भाइ जितेन्द्र र स्थानीय अजित पाण्डेबीच भएको झगडाका कारण पाण्डेले दाइको हत्या गरेको प्रहरीको भनाइ छ ।

राजाबाबुका भाइ जितेन्द्र शुक्रबार साँझ लवनीस्थित बजारमा सामान किन्न आएका थिए । सामान किन्दै गर्दा मादक पदार्थ सेवन गरेका पाण्डेसँग भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले सम्झाइबुझाई झगडा मत्थर भएपछि जितेन्द्र घर लागेपछि पाण्डे केही सहयोगी लिएर चौधरीको घर गएका थिए । उता, जितेन्द्रका दाइ राजाबाबु राति एक्कै लवनी बजार आइरहेका थिए । बाटोमा पाण्डे समूहसँग जम्काभेट भएपछि उनीमाथि मोतीघारीमा अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरिएका राजाबाबुमाथि ६ राउन्ड गोली प्रहार भएको छ । ५ गोली टाउकामा लागेको छ । गोली प्रहारपछि राजाबाबुलाई लवनीस्थित स्थानीय मेडिकल हलमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भैरहवास्थित मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि पाण्डे फरार छन् ।

प्रहरीले पाण्डेका दुई दाजुभाइलाई अनुुसन्धान गर्न नियन्त्रणमा लिएको छ । पाण्डेको लवनी पेट्रोल पम्प छ । भाइसँगको सामान्य विषयलाई लिएर उनको हत्या भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हत्या गरिएका चौधरी प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । स्थानीय तहको चुनावमा उनी तत्कालीन फोरम लोकतान्त्रिकबाट शुद्धोधन गाउँपालिकाको प्रमुखमा उठेका थिए । फोरम लोकतान्त्रिक कांग्रेससँग मिलेपछि स्वतन्त्र रहेका चौधरी केही समयपहिले नेकपा प्रवेश गरेका हुन् ।

हत्या विरोधमा प्रदर्शन

चौधरीको हत्याको विरोधमा शनिबार लवनी बजारमा प्रदर्शन गरिएको छ । आक्रोशित समूह आगजनीमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो । चौधरीको शव मेडिकल कलेज भैरहवाबाट लवनी ल्याएपछि वातावरण तनावग्रस्त बनेको हो । हत्यारालाई सार्वजनिक गर्न माग गर्दै समर्थकले नाराबाजी गरे । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन् । हत्यारालाई कारबाही नहुन्जेल आफन्तले शव नबुझ्ने बताएका छन् । हत्याराबारे प्रहरीलाई जानकारी भए पनि पक्राउ नगरेको भन्दै आफन्त तथा शुभचिन्तक आक्रोशित छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.