शोकमा सप्तरी

शोकमा सप्तरी

राजविराज : सप्तरीमा एकै परिवारका दम्पतिसहित पाँच जनाको मृत्यु र गाउँलेहरु गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा शुक्रबार राति भएको दुर्घटनामा डाकनेश्वरी नगरपालिका ४ भुतहीका ५५ वर्षीय दिनेश रजक र उनकी श्रीमति ५० वर्षीया बौकी भनिने सुनीलादेबी रजकको मृत्युको खबरले भतिजी मूर्छा परेकी छिन्।

 खबर असत्य होस् भन्ने कामना गर्दै राजविराजस्थित अस्पताल आएकी उनि शव देख्नासाथ मूर्छित बनिन्। सुनीलाकी बहिनी बमनगामा कट्टी बस्ने फुलियादेबीले उनलाई सान्तवना दिंदा-दिदै आफै भक्कानो छाडेर रुन थालिन्। मृतकका जेठा छोरा २२ वर्षीय रमेशको काँधमा उनिभन्दा मुनी भाई र बहिनीको सम्पूर्ण जिम्मेवारी आइपरेको छ। मजदुरीको सिलसिलामा काठमाडौंमा रहेका उनी विहान घर नपुगी राजविराजस्थित अस्पताल पुगेका छन्।

भुतहीका नागेश्वर यादवले सो घटना निकै दर्दनाक रहेको बताए। ’अब कसलाई फुपु दिदी र फुपाजु भन्नु’ भनेर रजककी भतिजी भक्कानिदा अस्पताल परिसरमा रहेका सबैको आँखा रसायो। उनलाई अस्पतालमा उपचार गर्न आएका अन्य विरामीका आफन्तहरुले सान्तवना दिइरहेका छन्। मृतकहरुका परिवारलाई सान्त्वना दिन अस्पतालमा रहेका अन्य बिरामीका आफन्तहरु सबैका आँखा रसाएको छ। सम्झाउने छिमेकीहरुको समेत आँखा ओभानो छैन्।

सुनसरीको बराहक्षेत्र चतराधामबाट कात्तिक पुर्णिमाको मेला गरेर घर फर्कने क्रममा भएको दुर्घटनामा पाँच जनाको मृत्युपछि नरुने आफन्त र गाउँले कोही छैनन्। ३० जनाको क्षमता भएको को.१ख २७९९ नम्बरको बस सडकबाट पोखरीमा खसी दुर्घटनामा परेको हो। घर पुग्ने हतारोमा तिब्र गतीमा गुडेको सो बसमा ६० भन्दा बढी यात्री सवार रहेको घाइते डाकनेश्वरी ५ पातोका चन्देश्वर यादवले बताए। उनकी पत्नी ६० वर्षीया ठकनीदेवीको मृत्यु भएको छ भने नातीनी १२ वर्षीया चन्द्रकलाको गम्भिर अवस्थामा न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ।

राजविराज अस्पतालमा उपचाररत घाइतेहरु। तस्बिर : मनोहर पोखरेल

मृत्यु हुने वडा नम्बर ५ पातोका ७० वर्षीया बेचनीदेबी यादवका एक छोरा शिवचरण लाश बुझी दाह संस्कार गर्न बसेका छन् भने अर्का छोरा रामचरण उनकै छोरी १० वर्षीया अर्चनाको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा छन्। अर्चना आइसियुमा भर्ना छिन्।

’हामी छिमेकीहरु समेत मृत्यु भएको पत्याउन सकेका छैनौं,’ भुतहीका नागेश्वर यादवले भने। घर आई पुग्नै लागेको खबर पाएको एकै क्षणपछि दुर्घटनामा परेको घटना पत्याउन नसकेको गाउँलेहरु बताउँछन्।

सोही वडाका शिवनन्दन साहले रुँदै ६० वर्षीया आमा सिकिलदेबी साहको लाश बुझे। दुर्घटनामा घाइते हुने ४९ जनामध्ये ११ जनाको धरान र तीन जनाको बिराटनगरमा उपचार भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। बसलाई पोखरीबाट निकालिएको छ। बस चालक शिवनारायण महतो फरार छन्। उनि बस मालिक राजकुमार महतोकै भाई रहेको गाउँलेहरुले बताए।

एकै ठाउँमा अन्तिम संस्कार

लाशहरुको सनाखतपछि एकै ठाउँमा सबैको पोष्टमार्टम भएको डा. राजेन्द्र दासले बताए। परिवारका सदस्यहरुले बुझेको लाशलाई डाकनेश्वरीस्थित खडग नदीको किनारमा एकै साथ जलाईने स्थानीय नारायण यादवले जानकारी दिए। मृतक परिवारलाई क्रिया खर्चवापत शनिबार डाकनेश्वरी नगरपालिकाले जनही २५ हजार उपलब्ध गराएको छ।

शोकमा स्थानीय तह बन्द

घटना सुनेलगत्तै रातिदेखि नै सहयोग गर्नेहरु घटनास्थल र अस्पताल पुगेका छन्। सो घटनाले भुतही र पातो क्षेत्रमा नभई जिल्ला नै शोकमा डुबेको छ। शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिसस प्रमुख प्रभाकर यादवले बताए। पाँच जनाको मृत्यु र ४९ जना घाइते हुने गरी भएको सो घटनाले सप्तरी जिल्लामा नै सन्नाटा छाएको संविधान सभा सदस्य उमेश यादवको भनाई छ। प्रदेश सभा सदस्य रुबी कर्णले मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्ति जारी गरी माग गरेकी छिन्।

यसैगरी शनिबार घाइतेहरुलाई भेंटन राजविराज आएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मृतक परिवारलाई जनही एक लाख दिने र घाइतेहरुको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.