जलेश्वर धाममा बालाचतुर्दशीको विशेष तयारी

जलेश्वर धाममा बालाचतुर्दशीको विशेष तयारी

बिर्तामोड : पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा यो वर्ष बालाचर्तुदशी पर्वलाई अन्य वर्षभन्दा फरक रुपमा मनाउने तयारी सुरु गरिएको छ। पर्वको समयमा दर्शन तथा पूजाका लागि आउने भक्तजन तथा दर्शनार्थीका लागि २५ रुपैयाँमा नै साकाहारी भोजनको व्यवस्था गरिएको छ। 

मेलामा धामको उत्पतिबारे विद्युतीय प्रर्दशनी र मुख्य पोखरीमा संगीतमय फोहोराको पनि आकर्षण थप्दै पर्व मनाउने तयारी गरेको आयोजकले बताएका छन्। आइतबार मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्व व्यवस्थापन समितिले मंसिर ११ गतेबाट १९ गतेसम्म जलेश्वर धामको ३६ औं वार्षिक अनुष्ठानसहित भविष्यमहापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ समेत लगाउने तयारी गरेको समितिका अध्यक्ष नविन गट्टानीले बताए। 

उनले नौ दिनको धार्मिक कार्यक्रममा तीन लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको र सोहिअनुरुप तयारीसमेत गरिरहेको बताए। बालाचर्तुदशी पर्वमा उक्त स्थानमा सतबीज छर्ने भक्तजनको घुइँचो लाग्ने भएकाले दर्शन गर्ने र सतबीज छर्ने स्थानको निर्माण कार्यलाई तीव्रता दिएको समितिको भनाई छ।

नौ दिनसम्म धार्मिक कार्यक्रम हुने भएकाले महापुराणसहित मन्दिर परिषरमा रमाइलो धार्मिक मेला, प्रत्येक दिन साँझ ५ बजे विशेष गंगा आरती, १९ गते साँझ लक्षवर्तिका प्रज्वलन समेतको तयारी गरिएको समितिका महासचिव विष्णुकुमार निरौलाले बताए। 

यस पर्वमा कार्यक्रमहरु आयोजना गर्न ३७ लाख २० हजार खर्च लाग्ने आयोजकको अनुमान छ। खर्च सबै दाता, अर्जुनधारा नगरपालिका, उद्योगी व्यवसायी र भक्तहरुबाट आएको सहयोग रकम नै रहेको अध्यक्ष नविन गट्टानीले बताए।

यो वर्ष केही प्रदर्शनी कार्यक्रममा सामान्य शुल्क लिएको र सो शुल्क र दाताले दिएको सहयोगबाट बचत भएको रकमले धाम क्षेत्रमा निर्माणाधीन पुष्पलाल स्मृति सन्त निवास र शनि मन्दिरलाई पूर्णता दिने बताइएको छ।

अघिल्लो वर्ष बालाचर्तुदशी पर्वमा ३४ लाख आम्दानी भएका र १९ लाख खर्च भएको अध्यक्ष गट्टानीले बताए। हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै अर्जुनधारा जलेश्वरधाम परिक्रमा गर्ने गरिन्छ। सो दिन यो स्थानमा झापासहित, मेचीका चार जिल्ला, मोरङ, सुनसरी र भारतका विभिन्न भागबाट तीर्थयात्री सतबीज छर्न आउने गर्दछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.