शोधनान्तर घाटा ३५ अर्ब नाघ्यो

शोधनान्तर घाटा ३५ अर्ब नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनामा शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रूपैँया पुगेको छ। 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदनले अघिल्लो महिनाको तुलनामा शोधनान्तर घाटा झण्डै १० अर्ब रूपैँया बढेको हो। शोधनान्तर भन्नाले मुलुक भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो। वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि चालु वर्षको तेश्रो महिनामै शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड रूपैँया पुगेको छ।

समीक्षा अवधिमा वस्तु व्यापारतर्फ नेपाललाई ३४९ अर्ब ८४ करोड रूपैँया घाटा छ भने सेवा व्यापारमा १९ अर्ब ८१ करोड रूपैंया घाटा छ।

चालु वर्षको तीन महिनाको अवधिमा २४२ अर्ब १७ करोड रूपैँया रेमिट्यान्स प्राप्त गरेको भएपनि बढ्दो आयातका कारण मुलुकबाट बाहिरिने रकमको परिमाण ठूलो छ। 

अर्थशास्त्री केशव आचार्यले नेपालको सशक्त पक्ष मानिएको सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि शोधनान्तरमा चाप पर्दै गएको बताए। उनले अहिले नेपालसँग रहेको ९ अर्ब ८३ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिती रहेकाले अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग क्रेडिट फेसेलिटी लिनु पर्ने अवस्था नरहेको भएपनि शोधनान्तर घाटा बढ्दै जानु अर्थतन्त्रका लागि डरलाग्दो संकेत रहेको बताए। 

अहिले केन्द्रीय बैंकसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव २ महिनाको वस्तु आयात र ७ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.