‘हिंसा सहे रोग बढ्छ’

‘हिंसा सहे रोग बढ्छ’

काठमाडौं : महिला भएकै कारण घर वा कार्यालयमा हिंसामा पर्नु भएको छ ? अथवा सहिरहनु भएको छ ? त्यसो हो भने समाधानको उपाय छिट्टै खोज्नुहोस्, अन्यथा रोगले सताउला।लैंगिक हिंसा सहेर बस्दा उदासीपन, चिन्ताका साथै अन्य मानसिक रोगसमेत देखिन थालेको मनोचिकित्सक बताउँछन्। महिलालाई जिस्काउने, हेप्नेलगायत दुव्र्यवहारलाई सामान्य रूपमा लिन नहुने शिक्षण अस्पतालका उपप्राध्यापक डा. सगुनबल्लभ पन्तको भनाइ छ।

यसले मानसिक एवं शारीरिक रूपमा गम्भीर असर पार्ने उनले बताए। हिंसा सहँदा त्यसले जटिल रूप लिई सिजोफ्रेनिया, मेनियाजस्ता कडा खालका मानसिक रोगसमेत लाग्ने मानसिक रोग विशेषज्ञको भनाइ छ। ‘भाग्य वा कर्मलाई दोष दिई सहने चलन छ। गुपचुप सहेर बस्दा समस्या गुम्सन्छ। कडा खालको मानसिक समस्यासमेत देखिन सक्छ’, डा. पन्तले भने।

हिंसाकै कारण मानसिक समस्या देखा परेपछि दिनहुँ जसो शिक्षण अस्पताल, मानसिक अस्पताल लगायतका सरकारी एवं निजी अस्पतालमा महिला उपचार गराउन जाने गरेका छन्। लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ हिंसा सहने र उपचार गर्न जाँदासमेत कसैले थाहा पाउँछ कि भनी महिलामा डर तथा संकोच हुने गरेको बताउँछन्। ‘कसैले देख्छ कि भनी डराउँदै उपचार गर्न आउँछन्। अविवाहित महिलालाई बिहे गर्न समस्या पर्छ कि भन्ने भय देखिन्छ। विवाहितलाई नातागोता कसैले चिन्छ कि भन्ने डर देखिन्छ’, डा. श्रेष्ठले भने। हिंसा सहेका महिलामा उदासीपन, निद्रा नलाग्नेजस्ता समस्या देखिन्छन्। ‘ज्यानै खतरामा पर्ने खालको हिंसा व्यहोरेका महिला बारम्बार झस्कने, बर्बराउने, कोही व्यक्ति देख्दा नै डराउने गर्छन्’, उनले भने।

हिंसाविरुद्व प्रतिकार गर्दै समयमै व्यवस्थापन गर्नुपर्ने चिकित्सकको सुझाव छ। डा. श्रेष्ठ भन्छन्, ‘उपयुक्त वैकल्पिक उपायको पहिचान गर्नुपर्छ। आत्मविश्वास बढाउँदै योगा गर्दा पनि फाइदा हुन्छ।’ तनाव, भय र निरासाजस्ता भावनात्मक पीडा प्रायः अल्पकालीन हुन्छन्। हिंसा प्रभावितमध्ये थोरैलाई मात्र भावनात्मक पीडाका समस्या दीर्घ, जटिल र अशक्तता पैदा गर्ने खालका हुन्छन्। यस्तो अवस्थामा भने स्वास्थ्य सेवा लिन अग्रसर हुनु पर्ने डा. पन्तको सुझाव छ। मुलुकमा झन्डै ७५ लाख व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या भएको अनुमान गरिएको छ। जसमध्ये अधिकांश महिला रहेका छन्।

यात्रामा महिलालाई छुन र जिस्क्याउन नपाइने

सार्वजनिक यातायातमा हुने यौनहिंसाविरुद्व १६ दिने अभियान सुरु गरिएको छ। जसमा बस, माइक्रो, टेम्पोमा यात्रा गर्दा महिलालाई छुने, थिच्ने, घुर्ने, जिस्काउनेजस्ता अमर्यादित कार्य निरुत्साहित हुने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरी, जोन्टा क्लब, सब्ह नेपाल र साझा यातायातको सहकार्यमा यो अभियान थालनी गरिएको हो। हिंसाविरुद्व आवाज उठाउने, पीडकविरुद्व खुलेर प्रतिकार गर्ने, सहचालक र यात्रीलाई जानकारी दिने काम थालिएको छ। 

महिला आयोगको हटलाइन ११४५ मा रिपोर्ट गर्नेजस्ता ब्यानर र स्टीकर सार्वजनिक यातायातमा टाँसिने छन्। सुरुवात साझा यातायातबाट गरिएको छ। महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले हिंसाविरुद्व प्रहरी प्रशासन संवेदनशील भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.