टिपरको ठक्करबाट एकजनाको मृत्यु

टिपरको ठक्करबाट एकजनाको मृत्यु

गाईघाट : उदयपुरमा चुनढुंगा बोकेर आउँदै गरेको टिपरको ठक्करबाट आइतबार राति मोटरसाईकलमा सवार एक युवाको ज्यान गएको छ ।

खानी क्षेत्र उदयपुरगढी गाउँपालिका–४ र ७ सरुनेबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर उद्योगतर्फ आउँदै गरको बा ३ ख ६११५ नम्बरको टिपरको ठक्करबाट स प ३१२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पछाडी बसेका त्रियुगा नगरपालिका–७ कपासेका १८ वर्षीय सोनाम राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक १८ वर्षीय भुपेन्द्र राई सामान्य घाइते भएका छन् ।     मदन भण्डारी राजमार्गअन्तरगत मुर्कुची–जलजले सडकखण्डको त्रिनपा ७ गुन्टेचुहाडेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटना लगत्तै फरार रहेका टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइको छ । मृतकका आफन्त र स्थानीयले क्षतिपुर्तिको माग राख्दै यस क्षेत्रमा कुनै पनि टिपर सञ्चाल गर्न दिएका छैनन् ।
सो क्षेत्रबाट कसमस सिमेण्टका दुई दर्जन बढी टिपर नियमित सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.