१ सय २५ किलो मरिच सहित एकजना पक्राउ
बिर्तामोड : झापाबाट खुल्ला सिमानाको प्रयोग गर्दै भारत तर्फ मरिच तस्करी गर्ने क्रम अझै रोकिएको छैन ।
शनिबार राति गस्तीमा रहेको प्रहरीले मेचीनगर नगरपालिका–६ जेसिका ठ्याटक भन्ने स्थानबाट १ सय २५ किलो मरिच सहित एक जनालाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका–६ का २५ वर्षीय मन्दिप राजवंशी पक्राउ परेका हुन् । राजवंशीलाई भारततर्फ मरिच लैजाँदै गरेको अवस्थामा शनिबार राति ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको मरिच आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारबाहीको लागि भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले बताए ।