निर्मला पन्तका बुबालाई 'साईकोटिक डिसअर्डर'

निर्मला पन्तका बुबालाई 'साईकोटिक डिसअर्डर'

काठमाडौं : निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण लाग्ने मनोवैज्ञानिक समस्या देखा परेको छ। उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख सरोजप्रसाद ओझाले पन्तमा तनावले मनोवैज्ञानिक समस्या उत्पन्न गरेको जनाए। ‘तनाव सहेर बस्दा मनोवैज्ञानिक समस्याका लक्षण देखा परेको हो। तनाव झेल्न नसक्दा यस खालका समस्या हुन्छन्,’ उनले भने। छोटो अवधिको समस्या भएकोले केही दिनसम्म औषधि खानुपर्ने र त्यसपछि काउन्सिलिङ सुरु गरिने उनले बताए।

पन्तलाई शिक्षण अस्पतालका आकस्मिक, मेडिसिन र मनोचिकित्सकहरुले जाँच गरेका छन्। उनी कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेका थिए। त्यसयता उनले असामान्य व्यवहार देखाएका थिए। जथाभावी हिँड्ने, बर्बराउने, कराउने लगायतका गतिविधि गर्न थालेपछि उनलाई उपचारका लागि आइतबार काठमाडौं ल्याइएको थियो। यज्ञराजलाई सम्हाल्न गाह्रो भएपछि उपचारका लागि ल्याउनु परेको पत्नी दुर्गादेवीले बताइन्। उनले भनिन, ‘गाडीमा ल्याउन पनि समस्या भयो। नियन्त्रण गर्नै गाह्रो छ।’

परीक्षणपछि उनको फ््रयाक्चर भएको बायाँ खुट्टाको उपचार पनि भइरहेको छ।

कन्चनपुर, भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त गत साउन १० गते साथीको घर गएको बेला बेपत्ता भएकी थिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिल्ट उनको शव फेला परेको थियो।

जन्मदिनको रकम पन्त परिवारलाई

गोरखाका अनिल पाण्डे र सविता भट्टराई पाण्डेले पन्त परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। छोरीको जन्मदिनको खर्च कटाएर सहयोग गरिएको अष्ट्रेलियामा बस्दै आएको पाण्डे दम्पत्तिले जनाएको छ। उनीहरुले पठाएको रकम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सोमबार निर्मलाकी आमालाई हस्तान्तरण गरे।

डा. भट्टराईले अपराधी पक्रिन प्रहरी संवेदनशील नभएको आरोप लगाए। उनले प्रमाण मेट्नेलाई कारवाही गर्न माग पनि गरे।

पीडित परिवारलाई भेटेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भरपर्दो अनुसन्धान नभएको बताए। ‘प्रमाण मेट्नेलाई बर्खास्त गरेर मात्र हुँदैन। कानुनी कारवाही नै गर्नुपर्छ’, उनले भने। प्रमाण नष्ट गरेको आरोपमा गृह मन्त्रालयले कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.