खेन्पोको ‘सुपर मंक’ उत्कृष्ट

खेन्पोको ‘सुपर मंक’ उत्कृष्ट

काठमाडौं : यसै वर्ष रिलिज गरिएको वृत्तचित्र ‘सुपर मंक’ (उत्कृष्ट ढावा) पेरिसमा आयोजना भएको महोत्सवमा उत्कृष्ट भएको छ। माथिल्लो मुगुका खेन्पो सेनाङ ग्याम्जोको कथा र निर्देशनमा निर्माण भएको दोस्रो वृत्तचित्रले सयभन्दा बढी देशका दर्शकको मन जितेको हो।

दसवर्षे सशस्त्र द्वन्द्वताका निर्दोष बालबालिकामाथि हुने दमन, द्वन्द्वरत पक्ष र सुरक्षाकर्मीले गरेको व्यवहारलाई बाल मनोविज्ञानसँग जोडेर निर्माण गरिएको वृत्तचित्रले दर्शकको मन जित्यो। १८ मिनेटमा समेटिएको वृत्तचित्र बुद्धधर्मावलम्बी र शेर्पा जातिको पुरानो बसोबास रहेको सोलुखुम्बुको जुनबेसी गुम्बा, सेलो गुम्बा वरिपरि छायांकन गरिएको थियो।

‘माओवादी र सरकार दुवै पक्षले निर्दोष बालकलाई नियन्त्रणमा लिएर यातना दिन खोजेको तर बालक भागेर गुम्बा प्रवेश गरेपछि रिम्पोछेले भिझु (ढावा) बनाएको कथा यसमा समेटिएको छ। वृत्तचित्रमा किरण गौतम र नोरदेन लामाले अभिनय गरेका छन्।

२०७३ मा रिलिज भएकोे खेन्पो सेनाङ ग्याम्जोको पहिलो वृत्तचित्र ‘ज्या ल्हो’ ले पनि सफलता हात परेको थियो। कथा र निर्देशन आफ्नै रहेको १५ मिनेट वृत्तचित्रले २०७४ मा मानवअधिकार फिल्म महोत्सवमा उत्कृष्ट भएको थियो।

ब्राजिलको टीभी सिरियलमा काम गरेका खेन्पो सेनाङले बुद्ध शिक्षा अध्ययन गरी बुद्धिष्ट फिलोसोफिमा पीएचडी गरेका छन्। माथिल्लो मुगुमा जन्मिएका निर्देशक खेम्पो ३० वर्षदेखि औपचारिक रूपमा बुद्ध शिक्षामा अध्ययनरत छन्।

खेन्पो सेनाङले दुर्गम बस्तीको प्राचीन सभ्यता र संस्कृतिमा आधुनिक प्रविधिले पारेको प्रभाव र सामाजिक विषय समेटेर फिल्म निर्माणको तयारी सुरु गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.