पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ

पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ

गाईघाट : उदयपुरको बेलका नगरपालिकाले प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण सुरु गरेको छ। प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा विकास गरी पर्यटकीय क्षेत्र विस्तार गर्ने उद्देश्यले प्रशिक्षण आरम्भ गरिएको हो। बेलका नगरपालिका–८ बोप्ताङ डाँडाबाट कोसी टप्पुको शिशौली घाटमा अवतरण गर्ने गरी प्रिबेसिक र बेसिक प्याराग्लाइडिङ तालिम सुरु भएको हो।

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा गत वर्षको फागुनमा प्याराग्लाइडिङको सफलातापूर्वक परीक्षण गरेको थियो। उडानपछि प्रशिक्षण सुरु गरिएको हो। संघको सहयोग र बुढासुब्बा एड्भेन्चर प्रालि धरानको समन्वयमा सुरु भएको प्रशिक्षणमा पहिलो ब्याजका रूपमा ६ जना प्रशिक्षार्थी सहभागी छन्। बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले भने, ‘नगरपालिकाले आफ्नै लगानीमा प्याराग्लाइडिङ तालिम प्रशिक्षण केन्द्र स्कुल अनुमति लिएर रामपुर ठोक्सिलामा स्थापना गरेको हो।’

प्रशिक्षणका क्रममा हाल दैनिक १८/२० पटक उडान हुने गरेको छ। उनीहरूलाई पोप्ताङबाट कोसी टप्पुसम्म उडान गर्ने व्यवस्था मिलाइएको मेयर थापाले बताए। विदेशी प्रशिक्षक ब्रिटेनका पेट ग्यलेगर र स्वदेशी राम राईले प्रशिक्षण दिई रहेका छन्। कक्षामा उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी ६ जनालाई प्रारम्भिकचरणको तालिम दिइरहेको बुढासुब्बा प्याराग्लाइडिङ धरानका अध्यक्ष लेखमणि जिमीले बताए। उनले भने, ‘संस्थाले होस्टेल बसे एक लाख ५० हजार र होस्टेल नबक्दा एक लाख ३० हजार लिने गरी तालिमको व्यवस्थापन गरेका छौं।’

आधारभूत तालिम सकिएपछि दोस्रो चरणमा बेलका नगरपालिकाको आठ जनालाई प्रशिक्षण दिइने जिमीले बताए। उनीहरूलाई नगरपालिकाले ५० हजार छात्रवृत्ति प्रदान गरेको मेयर थापाले बताए। मौसम अनुकूल रहुन्जेल प्रशिक्षण तथा उडान सञ्चालन हुने जिमीले बताए।

प्रशिक्षणका क्रममा हाल दैनिक १८/२० पटक उडान हुने गरेको छ।

यसअघि उनीहरूलाई जमिनमै कसरी उड्ने कस्ता विधि अपाउनुपर्नेलगायत आधारभूत विषयको कक्षागत जानकारी दिइएको थियो। प्रशिक्षणका लागि बोप्ताङ डाँडा प्रयोग भए पनि व्यावसायिकताका लागि प्याराग्लाइडिङ उडान भर्न चम्पाकोट डाँडा लगिने मेयर थापाले बताए। प्रशिक्षणमा प्रशिक्षार्थीले करिब चार सय ५० मिटर बराबरको दूरी पार गरिरहेको बताइएको छ।

बोप्ताङ डाँडा समुद्र सतहदेखि पाँच सय १० मिटर र चम्पाकोट डाँडा समुन्द्र सतहदेखि सात सय मिटरको उचाइमा रहेको नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङ संघ सुनसरीले जनाएको छ। प्याराग्ल्याडिङ परीक्षणका लागि बोप्ताङडाँडासम्म कच्ची बाटो पु¥याएको र कोसीटप्पुको नदी किनार कुमुगिवा सामुदायिक वनको क्षेत्रको सिसौली चौरमा अवतरण गराउँदै आएको मेयर थापाले बताए।

प्याराग्लाइडिङ पाइलट बन्न करिब तीन वर्षको समय र तीन लाख खर्च लाग्ने अध्यक्ष जिमीले बताए। प्रारम्भिकचरणको १५ दिनको आधारभूत तालिमसँगै सोलो पाइलटले दुई वर्षमा डेण्डम कोर्ष गरी व्यावसायिक उडान गर्न सक्दछ। नगरपालिकाले प्याराग्लाइडिङलाई व्यावसायिक बनाउन कोसी टप्पु क्षेत्रमा रहेको २५ बिघा जमिनलाई प्रयोगमा ल्याउने मेयर थापाले बताए। सातवटा नदी मिसीएको सप्तकोसी र विभिन्न झरनाको मनमोहक दृष्य अवलोकन गर्ने गरी प्याराग्लाइडिङको रुट मिलाइएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.