‘अन्तर्राष्ट्रिय विमानस्थल बन्ने हो, सहर होइन’

‘अन्तर्राष्ट्रिय विमानस्थल बन्ने हो, सहर होइन’

सिमरा : पूर्वप्रधानमन्त्री एवम् संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिका संयोजक माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराको टांगियावस्तीको विकल्प नभएको बताएका छन्।

एक महिनाअघि हेलिकप्टरबाट हवाई निरीक्षण गरेका नेता नेपालले बिहीबार स्थलगत अवलोकन गर्दै दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि टांगियावस्ती उपयुक्त रहेको बताएका हुन्। 

अन्र्तराष्ट्रिय सम्बन्ध समितिका सदस्यसहित बारा आएका नेता नेपालले रुख काटेर सहर बनाउने नभई विमानस्थल बनाउन लागिएकाले यसको विरोध गर्नुको औचित्य नरहेको बताएका छन्। बाहिर चर्चामा आएजस्तो धेरै रुख कटान गर्न पर्ने अवस्था नदेखेको र कम भन्दा कम रुख कटान गरेर विमानस्थल निर्माणको कामलाई अघि बढाउन सकिने उनको भनाइ छ। 

काठमाडौं–तराई जोडिने एक्सप्रेस हाइवेका कारण पनि विमानस्थलको विकल्पका विषयमा अब कसैले आवाज उठाउन नहुने नेता नेपालको भनाइ छ। नेपाल एयरलाइन्सको जहाज चार्टर गरी सिमरा आएका नेता नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण एशियाकै ट्रान्जिट हब हुन सक्ने तर्क गरे। 

उनले विमानस्थल निर्माणमा स्थानियबासीले समेत सहयोगी भूमिका खेल्नुपर्ने बताए। विमानस्थल निर्माणका क्रममा देखिएको टांगियावस्तीका एक हजार चार सय ७६ घरधुरीलाई मुआब्जा भन्दा पनि बस्ती नै स्थानान्तरण गर्नुपर्ने नेता नेपालको भनाइ छ। 

नेता नेपालले अन्तरराष्ट्रिय विमानस्थल अर्को बन्न सक्ने अवस्था नरहेको भन्दै यसै विमानस्थल निर्माणको कामलाई अझ फराकिलो बनाउनुपर्ने बताए। 

नेता नेपालसंगै आएका समिति सदस्य दिव्यमणि राज भण्डारीले टांगियावस्तीको विकल्प भन्दा पनि यसै क्षेत्रमा विमानस्थल निर्माणको कामलाई गति दिन सबैले भूमिका खेल्नुपर्ने बताए। विमानस्थल निर्माणका क्रममा रुख काट्न नहुने भन्दै संसदमा अभिव्यक्ति दिएका बारा १ का सांसद उमाकान्त चौधरीले देशको समृद्धिसँग जोडिएको विमानस्थलको कामलाई रोक्न नहुने बताए।

समिति सदस्य शेख चांदतारा, सांसद अनिल झा, दिपक प्रकाश भट्ट, एकवाल मिया, पूर्वसांसद पुरुषोत्तम पौडेल, प्रदेश सभा सदस्य सुन्दर बिक, सिता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, अन्तर्राष्ट्रिय गौरव आयोजका निर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.