नेपाल र अमेरिकाबीच १७ वर्षपछि सम्बन्ध–समीक्षा

नेपाल र अमेरिकाबीच १७ वर्षपछि सम्बन्ध–समीक्षा

काठमाडौं : कूटनीतिक वृत्तमा चर्चा चलिरहन्छ, अमेरिकाले नेपाललाई सधैं ‘दिल्लीको आँखा’ले हेर्छ । हुन पनि १७ वर्ष भयो, परराष्ट्र मन्त्रीस्तरमा दुई देशबीच औपचारिक छलफल भएको छैन । आगामी साता भने परराष्ट्र मन्त्रीस्तरमै दुई पक्षीय सम्बन्धको समीक्षा हुने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच पुस ३ र ४ मा वार्ता तय भएको परराष्ट्र स्रोतले बतायो । परराष्ट्र मन्त्रालयले यो भ्रमणलाई अमेरिकाले नेपाललाई दिएको उच्च महत्वको रूपमा अथ्र्याएको छ । राष्ट्रपतिपछि शक्तिशाली मानिने अमेरिकी विदेशमन्त्रीको निम्तामा औपचारिक भ्रमण हुनुले नेपाल र अमेरिकाबीचको सम्बन्ध अर्को चरणमा पुग्न लागेको परराष्ट्र स्रोतले बतायो ।

‘१७ वर्षपछि पहिलो पटक नेपाल र अमेरिकाबीच स्टेट डिपार्टमेन्टमा औपचारिक विदेशमन्त्रीस्तरीय वार्ता हुँदैछ,’ परराष्ट्र अधिकारीले सुनाए, ‘यो वार्तालाई अमेरिकाले निकै महत्व दिएको छ ।’ उनले परराष्ट्रमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा गृह र अर्थका अधिकारी पनि सहभागी हुने जानकारी दिए ।

‘नेपाल र अमेरिकाबीच द्विपक्षीय औपचारिक छलफल आवश्यक थियो । त्यसको पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘समय आएपछि यसबारे भन्नेछु, कुराकानी भइरहेको छ ।’ अमेरिकासँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको र त्यसैअनुरूप भ्रमण भइरहेको पनि उनले बताए ।

      परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली                                                                                                                                                              अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ

स्रोतका अनुसार गत सोमबार नै भ्रमणको कार्यतालिका पारित भइसकेको छ । चीनमा रहेका परराष्ट्र सचिव शंकारदास बैरागी काठमाडौं ओर्लेलगत्तै मन्त्रीसँगै अमेरिका जानेछन् । अमेरिकामा नेपाली समुदायको संख्या बढिरहेको छ । उसैगरी दक्षिण एसियामा अमेरिकी स्वार्थ समेत बढिरहेको छ । यस्तो अवस्थामा नेपाल र अमेरिका सम्बन्धलाई नयाँ तवरमा अघि बढाउने तयारी रहेको ती अधिकारीले बताए ।

अघिल्लोपटक केपी ओली प्रधानमन्त्री रहँदा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीसँग वार्ता गरेका थिए । तर त्यो अनौपचारिक भेट थियो । वास्तवमा नेपाल र अमेरिकाबीच लामो समयदेखि राजनीतिक स्तरमा औपचारिक छलफल हुन सकेको छैन । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुग्दा अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउने र एक मिनेट सञ्चो–बिसञ्चो सोध्नेभन्दा अरु कुराकानी हुन पाउँदैनथ्यो ।

गत वर्ष मात्रै अमेरिकाले नेपाललाई ‘ब्रोड स्ट्राटेजिक पार्टनर’ घोषित गरेको थियो । यसले द्विपक्षीय सम्बन्धलाई निकट ल्याएको र यही बेला यो स्तरको भ्रमण हुनु सुखद् रहेको परराष्ट्र अधिकारीले बताए ।

भएन उच्चस्तरीय भ्रमण

अमेरिकाबाट उच्चस्तरको नेपाल भ्रमण हुन सकेको छैन । उपमन्त्रीस्तरका भ्रमण धेरै हुन्छन् । फस्ट लेडी हिलारी क्लिन्टन (१९९५), पूर्वराष्ट्रपति जिमी कार्टर (संविधान सभा निर्वाचन पर्यवेक्षक) र विदेशमन्त्री कोलिन पावेल (२००२ जनवरी) नेपाल आएका छन् । भारत आइरहने अमेरिकी राष्ट्रपति, विदेशमन्त्रीको प्राथमिकता नेपाल परेको छैन । पञ्चायतकालमा अमेरिकी उपराष्ट्रपतिले नेपाल भ्रमण गरेको भनिए पनि परराष्ट्रको सूचीमा त्यो उल्लेख छैन ।

लामो समयदेखि नेपालका तर्फबाट पनि औपचारिक भ्रमण भएको छैन । पावेल नेपाल आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गरेका थिए । त्यो नै नेपालको पछिल्लो उच्चस्तरीय भ्रमण हो । दुईपक्षीय सम्बन्धमा समीक्षा हुन आवश्यक भनिएपनि त्यसयता त्यो तहको प्राथमिकता नेपालले पाएको थिएन ।

परराष्ट्रमन्त्रीको भ्रमणले थप उच्चस्तरीय भ्रमणको बाटो खोल्ने अपेक्षा पनि सरकारले राखेको छ ।

बहुआयामिक सम्बन्ध

अमेरिका र नेपालबीच निरन्तर सहयोग आदानप्रदानको सम्बन्ध छ । गत वर्ष पनि अमेरिकाले नेपाललाई ५० अर्ब रूपैयाँभन्दा बढी अनुदान सहयोग गरेको थियो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आएको अनुदान ट्रान्समिसन लाइन र सडकको स्तरोन्नतिमा खर्च हुँदैछ । नेपाललाई गरिएका द्विपक्षीय सहयोगको सूचीमा यो अहिलेसम्मकै ठूलो अनुदान हो । २०७४ असोजमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डीसी पुगेरै सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पुगिसकेको छ । नेपालको दौत्य सम्बन्ध स्थापना भएको बेलायतपछिको दोस्रो देश हो अमेरिका । राजा त्रिभुवनलाई अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानले पत्र पठाएपछि दुई देशबीच सम्बन्ध शिलान्यास भएको थियो । राजा महेन्द्र र वीरेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा तथा देउवाले प्रधानमन्त्रीको हैसियतमा द्विपक्षीय भ्रमण गरेका थिए ।

आवश्यकताको सिद्धान्तले नेपाल र अमेरिका सम्बन्ध बनेको विज्ञहरूले बताउँदै आएका छन् । प्रजातन्त्रको विश्वव्यापी प्रसार गर्न भन्दै अमेरिका लागिपरेको थियो । नेपालमा साम्यवादको प्रभाव पर्ला भन्ने डर रहेकाले नै शिक्षा, स्वास्थ र कृषिको निरन्तर विकासमा अमेरिकी सहयोग केन्द्रित रहँदै आएको छ । भारतबाट अंग्रेज लखेटिने निश्चित भएपछि राणा शासकहरू अमेरिकातर्फ ढल्किए ।

दक्षिण एसियाको शान्ति र सुरक्षामा नेपालको भूमिकालाई अमेरिकाले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा त नेपालको ब्रान्ड नै बनेको छ । भूकम्पमा पनि अमेरिकाले नेपाललाई सहयोग गरेको थियो । नेपाली सेना र अमेरिकी सेनाले पनि संयुक्त सैन्य अभ्यास निरन्तर भइरहेको छ । अमेरिकाले पिसकोरलगायत संस्थामार्फत जनस्तरमा पनि सम्बन्ध बढाइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा बन्द भएको पिसकोर पुनः आरम्भ भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.