बलात्कार आरोपी पक्राउ
राजविराज : ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलाका ४५ वर्षीय गजिया भनिने गजेन्द्र रायलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।
सप्तकोशी बाँध छेउको झुप्रो घर आरोपितहरुले भत्काएपछि सो रुग्न बसेकी पीडितलाई आरोपितसहित चार जनाले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत कात्तिक ६ गते उजुरी दिएकी थिइन्। मुखमा रुमाल बाँधेर नजिकैकौ खेतमा लगी बलात्कार गरेको उजुरीपछि प्रहरीले सोही दिन राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गराएको थियो।
जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको थियो। पक्राउ परेका आरोपितले दिउँसो घरजग्गाको विषयमा भएको झै–झगडा र विवादका कारण महिलाले झुठा उजुरी दिएको बताए। बुवा–छोरा, काका–भतिजा मिलेर बलात्कार गर्ने कुरा कल्पनै गर्न नसकिने विषय भएको भन्दै आरोपितले झुठा उजुरी गर्नेलाई कारवाही गर्न माग गरे।