देशको नाम राखे बाल वैज्ञानिकले

देशको नाम राखे बाल वैज्ञानिकले

कृष्ण पोदार नक्सालस्थित वृहस्पति विद्यासदनमा कक्षा १० मा पढ्छन्। सुजल राज भण्डारी पनि उनकै कक्षाका विद्यार्थी हुन्। यी दुई विद्यार्थी सातौं एसिया प्यासिफिक कन्फरेन्स अफ योङ साइन्टिस्टमा नेपालको नाम राख्न सफल भएका छन्।

मंसिर १९ देखि २४ सम्म थाइल्यान्डको रेयोङस्थित कामनोयट विद्या साइन्स एकेडेमी (केभीआईसी)ले आयोजना गरेको सम्मेलनमा विश्वभरका २० मुलुकका सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। ६ वटा विधामा प्रतियोगिता आयोजना गरिएको थियो। तिनमा इन्जिनियरिङ, जीव विज्ञान, वातावरण विज्ञान, गणित, भौतिक विज्ञान र कम्प्युटर विज्ञान समावेश थिए। यी विधामा विद्यार्थीले विभिन्न प्रोजेक्ट र अनुसन्धानमार्फत आफ्ना नौला विचार प्रस्तुत गर्नुपर्ने थियो।

शिक्षक राजेश श्रेष्ठसँग सम्मेलनमा पुगेका कृष्ण र सुजलले इन्जिनियरिङ विधामा भाग लिए। उनीहरू आफूले दृष्टिविहीनका लागि बनाएको स्मार्ट गगल र बेल्ट लिएर त्यहाँ पुगेका थिए। ‘इनोभेसन फर भिजुअल इम्पेयर्ड (स्मार्ट गगल्स एन्ड बेल्ट)’ शीर्षकको प्रस्तुतिमार्फत वृहस्पतिका विद्यार्थी प्रतियोगितामा दोस्रा भएका थिए। यस प्रोजेक्टअन्तर्गत कृष्ण र सुजलले एक विशेष किसिमको चस्मा र बेल्ट निर्माण गरेका थिए। चस्मामा सेन्सर जडान गरिएको थियो। चस्मा लगाएका दृष्टिविहीन मानिसका अगाडि कोही मानिस, भित्ता वा अन्य बाधा अड्चन आएमा सेन्सरबाट डाटा कम्प्युटरजस्तै अर्को एक बोर्ड अर्डिनोमा जान्छ। यसले बजारलाई डाटा दिन्छ र बजार बज्छ। यसले दृष्टिविहीनले आफू अगाडि बढ्नु हुँदैन, खतरा छ भन्ने संकेत पाउँछन्।

चस्मामा जडित जीपीएसले लगाउने मानिस कहाँ छन् भन्ने स्थान पत्ता लाग्छ। त्यसैमा हालिएको ब्लु तुथ मोडेलले मोबाइलमा व्यक्ति रहेको स्थानका बारेमा जानकारी पठाउँछ। मोबाइलमा जीपीएस ब्लु तुथ एप राखेमा दृष्टिविहीन मानिसले आफू रहेको स्थानका बारेमा सुन्न सक्छन्। अझै त्यसमा जीएसएम जडान गरिएको छ भने दृष्टिविहीनले आफ्ना साथीभाइ र परिवारलाई पनि आफू रहेको ठाउँका बारेमा जानकारी पठाउन सक्छन्। चस्माले माथिपट्टिको क्षेत्र मात्रै ढाक्ने हुनाले तलको भाग ढाक्न बेल्ट बनाइएको कृष्णले प्रस्ट्याए।

करिब एक महिनाआगडि नेपालमै भएको तेस्रो योङ साइन्टिस्ट समिटमा पनि कृष्ण र सुजलले सहभागिता जनाएका थिए। उनीहरूले विद्यालयमा हुने गरेको स्टिम प्रोजेक्टअन्र्तगत यी सामग्री निर्माण गरेका हुन्। स्टिम कक्षामा आफ्ना शिक्षक राजेश श्रेष्ठ, मयंक ढकाल र सुजन तिवारीले सेन्सरका बारेमा धेरै जानकारी दिएकाले यस्ता अनौठा र उपयोगी सामग्री तयार गर्न सजिलो भएको कृष्णले बताए।

सम्मेलनमा इन्जिनियरिङ विधातर्फ १३ वटा प्रोजेक्ट प्रस्तुत गरिएका थिए। तीमध्ये जापानका विद्यार्थीले तयार पारेका प्रोजेक्ट प्रथम भएको थियो। कृष्ण र सुजलको टोलीले दोस्रो स्थान हासिल ग¥यो। १९ वर्षसम्मका कलिला वैज्ञानिकले भाग लिएका प्रतियोगितामा आफूहरू दोस्रो भएकोमा निकै खुसी लागेको कृष्ण र सुजलले बताए। प्रतियोगितामा सहभागी प्रोजेक्टमध्ये अन्य देशका पनि धेरै राम्रा लागे उनीहरूलाई। तिनमा पनि एउटा टोलीले बनाएको कुहिने प्लास्टिक बढी रोचक र उपयोगी लागेको उनीहरूले बताए।

यी विद्यार्थीका अनुसार यति नौलो आविष्कारको प्रेरणा उनीहरूले चलचित्रबाट पाएका हुन्। मार्भेल स्टुडियोले तयार पारेको चलचित्र ‘स्पाइडरम्यान होम कमिङ’मा स्पाइडर म्यानसँग भएको एउटा लुगाले उनलाई अगाडि के कस्तो छ भनेर मार्गनिर्देश गरिरहेको हुन्छ। यहीबाट प्रेरित भएर आफूहरूले पनि दृष्टिविहीनका लागि चस्मा र बेल्ट तयार पारेको कृष्णले बताए। यसलाई अझै सुधार गरेर राम्रो र उपयोगी चस्मा र बेल्ट बनाउने उनीहरूको चाहना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.