रौतहटमा टाटासुमो दुर्घटना : १० घाइते, दुई गम्भीर

रौतहटमा टाटासुमो दुर्घटना : १० घाइते, दुई गम्भीर

रौतहट : रौतहटको चन्द्रनिगाहपुर निजगढ सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

सदरमुकाम  गौरबाट काठमाडौं जाँदै गरेको ना१ज ३९५३ नम्बरको सुपर लालिगुराँस टाटासुमो आइतबार दिउँसो पछाडिको टायर खुस्किएर दुर्घटना भएको हो।

दुर्घटनामा काठमाडौंका ३६ वर्षीय प्रतिक्षा नेपाल, भोजपुरका २१ वर्षीय गणेश बिक, गौरका १९ वर्षीय महम्मद नाजिर, सोही स्थानका ५० वर्षीय गायत्री यादव, ३६ वर्षीय प्रीतिकुमारी साह, गौर ३ का दिपु जयसवाल, रौतहटको बृन्दावन नगरपालिकाका १२ वर्षीय जीवन चौधरी, ११ वर्षीय भुवन  चौधरी, ४५ वर्षीय रामपरिदेवी चौधरी र टाटासुमोका चालक चन्द्रपुर नगरपालिका जुडिबेलाका विनय चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइतेमध्ये रामपरी चौधरी र उनका ११ वर्षीय छोरा भुवनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइराखेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.