दाजुभाइको शंकास्पद मृत्यु

दाजुभाइको शंकास्पद मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ आमघाटका दुई दाजुभाइ १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेकबहादुर सुनारको शनिबार शंकास्पद मृत्यु भएको छ। उनीहरू मंसिर २८ गते घरबाट बेलौरी नगरपालिका–६ वैशाखास्थित मामाघरमा बिहेका लागि गएका थिए।

‘बिहान घरबाट निस्कने बेला नै जेठी आमा सीतादेवी सुनारले चाउमिन पकाई पोको पारेर मामा घर पुगेर खानू भनी दिएकी रहिछन्’, मृतक बालकका मामा चामुराम टमटाले भने, ‘बालकले उक्त चाउमिन बाटोमै खाएपछि बान्ता गर्न थालेछन्।’ उनका अनुसार घर पुग्दासमेत बान्ता नरोकिएपछि उपचारका लागि स्वास्थ्य चौकी लगिएको थियो।

‘मेरो घर पुगेपछि पनि निरन्तर बान्ता भइरह्यो’, उनले भने, ‘के भएको रहेछ भनी नजिकैको स्वास्थ्य चौकी लैजाँदा फुड पोइजन भएको स्वास्थ्यकर्मीले भनेपछि धनगढी लगेका हौं।’ उनले धनगढी सेती अञ्चल अस्पतालमा समेत उपचार सम्भव नभएपछि कोहलपुर लैजान तयारी गरेकै बेला मृत्यु भएको बताए। ‘अघिल्लो साँझ नै कोहलपुर लैजान सकिएन’, उनले भने, ‘शनिबार बिहान पैसा खोजेर लैजाने तयारी भइरहेकै बेला उनीहरूको मृत्यु भयो।’

दुवै बालकका बुवाको ६ वर्षअघि नै मृत्यु भइसकेको छ भने आमा प्रस्ट बोल्न नसक्ने अवस्थामा छिन्। छिमेकी भूमिराज जोशीले भने, ‘बालकहरूले चाउमिन नै बान्ता गरिरहेकाले केही न केही मिसावट गरिएको हुन सक्छ।’ कञ्चनपुर प्रहरीले चाउमिन पकाएर दिने ठूलीआमा सीतादेवी र ठूलो बुवा लक्षीरामलाई नियन्त्रणमा लिएको छ। बालकको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। आफन्त र परिवारका अन्य सदस्यले बालकको हत्या गरिएको भन्दै घटनाको यथार्थ बाहिर नआएसम्म पोस्टमार्टम नगर्न दबाब दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.