बलात्कार गरेको भन्दै श्रीमानविरुद्ध उजुरी

बलात्कार गरेको भन्दै श्रीमानविरुद्ध उजुरी

चन्द्रपुर : रौतहटको चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै श्रीमानविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी छन्। पटकपटक कुटपिट तथा मानसिक यातना दिँदै जबरजस्ती करणी गर्दै आएको उल्लेख गर्दै ती महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी हुन्।

पछिल्लो पटक श्रीमतीले आफ्नो इच्छा विपरित मंसिर २८ गते राति जबरर्जस्ती करणी गरेको उनको आरोप छ।  मंसिर २८ गते श्रीमानले जबरजस्ती करणी गरेको भन्दै मंसिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा  महिलाले उजुरी दर्ता गराएकी हुन्।

उनीहरुले जातीय परम्परा अनुसार २०६१ सालमा मागी विवाह गरेका थिए। उनीहरुको ६ र १३ वर्षका छोरा छन्। आरोपित महिलाका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा डीएसपी युवराज खड्काले जानकारी दिए।

१० वर्षयता रौतहटमा यस्त‍ो प्रकारको उजुरी दर्ता भएको सम्भवत पहिलो घटना रहेको कानुन व्यवसायी बिपिन गौतमले बताए।वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.