'सेनाभित्र शुद्धीकरण अभियान सुरु'

'सेनाभित्र शुद्धीकरण अभियान सुरु'

काठमाडौ : प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनाभित्र शुद्धीकरणको अभियान शुरु भइसकेको बताएका छन । प्रधानसेनापति थापाले नेपाली सेनाभित्र विगतमा हुने गरेका अनेकौं प्रकारका अनियमिततालाई जरैदेखि उखेल्ने गरी शुद्धीकरण अभियान सुरु भइसकेको दाबी गरेका छन् । 

शुद्धीकरणको अभियान भर्ना छनौट प्रक्रियाबाट सुरु भएको उनको भनाइ थियो।   थापाले नेपाली सेनाको कमाण्ड सम्मालेको १०० दिन पुगेको अवसरमा सैनिक मुख्यालयमा सोमबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले अनधिकृत काज र संगठनलाई नै संकटमा पार्ने गरी भएका सरुवा र नियुक्तिहरुलाई नियमन गर्दै लगिएको उनको दाबी थियो ।

शान्ति सेना छनौट प्रक्रियामा विगतमा भएका विकृतिलाई हटाउने कार्य सुरु गरिएको उनले बताए । सेना सम्बन्धी भवन निर्माणका कामलाईसमेत सैनिक मुख्यालयले पारदर्शी बनाएको छ । मुख्यालयले भवन निर्माणको जिम्मा स्थानीय कमाण्डरलाइ दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.