पीडकले उन्मुक्ति नपाऊन्

पीडकले उन्मुक्ति नपाऊन्

ललितपुर : बिहेको वर्ष दिन मात्रै पूरा भएको थियो। श्रीमान्, सासूससुरा सपरिवारमा निकै खुसी थियो। तर मंसिर २ गते साँझ एक्कासि भएको घटनाले उनको जीवन अन्धकार भयो। उनको दाहिने आँखा र दाहिने कानले काम गर्दैन। कानको छेउका सत्रवटा हड्डी भाँचिएका छन्। दाहिने हात पनि चल्दैन। उपचार जारी छ। गोदामचौर १ की २१ वर्षीया बलात्कृत युवतीले उपचारमा लागेको ऋण तिर्न तीन आनामा बनेको घर बेचिसकिन्।

यति मात्रैले नपुगेर उनको माइतमा पनि ऋण लागिसक्यो। उनी काम सकेर फर्कंदै थिइन्। घरबाट सासूको फोन आयो। घरछेउमै पुगिसकेकी उनलाई सासूले छोरासँगै आउन सुझाइन्। तर श्रीमान्लाई फोन गर्दा हात्तीवनमा भएको जानकारी पाएपछि उनी एक्लै हिँडिन्। बाटोमा उनलाई एक व्यक्तिले बाटो छेके। त्यसपछि अरू दुई चार जनाको नामै लिएर तिनले बोलाए।

ती व्यक्ति रघु सिलवाल भएको उनले बताइन्। सिलवालले युवतीलाई त्यहाँबाट तल खोलातिर खसालिदिए। उनी चिच्याइन्, तर कसैले सुनेनन्। उनको मुख थुनिएको थियो। उनलाई बलात्कार गरियो। ढुंगाले हात किचियो, अन्ततः मरेको ठानेर बेवारिसे बनाएर फालियो। श्रीमान् त्यही बाटो घर फर्किए, तर देखेनन्। घटना भएको पूरै रात उनलाई परिवारले रातभर खोज्यो। बिहान पाँच बजेमात्रै खोलाछेउको तोरीबारीमा उनलाई बेहोस अवस्थामा भेटियो परिवारले। पीडितकी आमाले बेलिविस्तार सुनाइन्।

आफूमाथि जघन्य अपराध गर्ने ती युवकलाई प्रहरीले पक्रेको र कारबाही हुने सुनेपछि उनी खुसी भएकी छन्। तर त्यत्तिकै छाडिने हो कि भन्ने पीर पनि लागेको छ उनलाई। भन्छिन्, ‘ललितपुर जिल्ला अदालतले साधारण तारेखमा उनीहरूलाई रिहा गरिदिएपछि न्यायको आश मर्दै गएको छ।’ अदालतले डीएनए परीक्षणको रिपोर्ट आउनुभन्दा पहिल्यै अभियुक्तलाई रिहा गरेकोमा पीडितकी आमाले आपत्ति जनाइन्। घटना भएको ठाउँमा छोरीको सुरुवाल फालिएको, पर्सबाट पैसा झिकेको र रगत लागेको ढुंगा भेटिएको भए पनि प्रहरीले प्रमाण नष्ट गरेको उनले दाबी गरिन्।

‘एक वर्षसम्म अपराधी गाउँमै लुकेर बसेको सुनिन्थ्यो तर मुद्दाको फैसला हुने बेलामा मात्रै समाइयो, प्रहरीले किटानी जाहेरी नै उल्टो लेखेको छ’, आमाले गुनासो गरिन्। हाल उनको परिवार ऋणमा छ। सासूससुरा अर्काको घरमा बस्दै आएका छन्। उनी र उनका श्रीमान् माइतीको शरणमा छन्। उल्टै पीडक परिवारले धम्की दिइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘लाखौं सकिदिएको भन्दै उल्टै पैसा असुल्ने धम्की दिइरहेका छन्।’ महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी गौतम मि श्रका अनुसार अभियुक्तहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई अदालत पठाइएको छ। तीनै जनालाई जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.