भारतीय राजदूतले मुख्यमन्त्रीलाई भने : विराटनगर एयरपोर्ट विस्तार गरौँ

भारतीय राजदूतले मुख्यमन्त्रीलाई भने : विराटनगर एयरपोर्ट विस्तार गरौँ

विराटनगर : नेपाल–भारत खुल्ला सीमाका ‘सम्भावना र चुनौती’ विषयक गोष्ठीमा विराटनगर आउन तयार भारतीय राजदूत मञ्जिवसिंह पुरीले काठमाडौँमा ४ घण्टासम्म उडान पर्खिए । 

विराटनगर एयरपोर्टको ‘भिजिबिलटी’ न्यून रहेको भन्दै उडान समयतालिका अनुसार भएको थिएन । नेपाल-भारत खुल्ला बोर्डर सम्भावना र चुनौती विषय गोष्ठीमा सहभागी हुन आएका प्रदेशभरका व्यवसायी लामो समयदेखि जहाज ‘ल्याण्ड’ हुने आशमा कुरिरहेका थिए । 

गोष्ठीमा आफ्नो बोल्ने पालो आएपछि पुरीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईतर्फ लक्षित गर्दै उनले भने, ‘कार्यक्रममा आउन ४ घण्टा कुर्नुपर्यो, विराटनगर एयरपोर्टको क्षमता त विस्तार गर्नुपर्ने देखियो ।’ 

पुरीले यसो भन्दा हलमा तालीको पर्रा छुट्यो । मुख्यमन्त्री राई प्रतिउत्तरमा मुस्कुराए तर पुरी यतिमै रोकिएनन् । उनले थपे, ‘आधुनिक संरचना बनिनसकेकै अवस्थामा पनि विराटनगर–पटना उडान भएको इतिहास छ, यसलाई तुरुन्त चालु गरेर कलकत्तासम्म लानु पर्यो, म कुटनीतिक पहल गर्न तयार छु ।’ 

पुरीले प्रदेश १ सम्भावनाको खानी रहेको औंल्याए । ‘प्रदेश १ यस्तो प्रदेश हो, जसले भारतका तीन प्रान्तसँग सहज ‘कनेक्टीभिटी’ छ’,  उनले भने । भर्खरै भएको माउण्टेन फ्लाइटको स्मरण गर्दै पुरीले थपे, ‘यहाँका हिमालसम्मको सहज उडानका लागि पनि विराटनगर विमानस्थलको विस्तार अतिआवश्यक देखेको छु ।’

मुख्यमन्त्री राईले पुरीको भनाइलाई गम्भीररुपमा लिएको बताए । प्रदेश सरकारको योजना नै गरमाथाको ‘मेन गेट वे’ बनाउने रहेको जानकारी दिँदै त्यसका लागि सुविधायुक्त विमानस्थल आवश्यक रहेको तर्क गरे । ‘विराटनगर विमानस्थलबारे हामी मिहीनढंगले सोचिरहेका छौँ’, उनले भने, ‘यसलाई विस्तार गर्ने या अन्यत्र सार्नेबारे सरकार गृहकार्यमा छ ।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.