व्यवसायीक कृषिमा महिला आकर्षित, वर्षमै २ लाख नाफा

व्यवसायीक कृषिमा महिला आकर्षित, वर्षमै २ लाख नाफा

डोटी : वर्षौँदेखि घाँसदाउरामै ब्यस्त डोटीको ग्रामिण भेगका महिलाहरु अचेल व्यवसायीक तरकारी खेती तथा शीपमुलक काममा लागेका छन् ।

शिखर नगरपालिका– ५ तिजालीका महिलाहरु दुई वर्षयता व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । ‘एक वर्ष भन्दा बढी भयो हामी व्यवसायीक कृषिमा लागेको’ तिजालीकी बिस्ना अधिकारीले भनिन्, ‘मौसमी तरकारी खेतीले राम्रो आम्दानी पन िभइरहेको छ ।’

यहाँका महिलाहरु कृषक समुह गठन गरी संस्थागत रुपमै कृषि पेशामा लागेका हुन् । कृषक समुह गठन गरेर व्यवसायी तरकारी खेती गर्न सजिलो भइरहेको बताउँछिन् भगवती महिला कृषक समुह अध्यक्ष दमयन्ती चन्द ।

उनीहरुको यस्तो काममा कृषि विकास कार्यालयले समेत सहयोग गरेको चन्दले बताइन् । उनी भन्छिन्, ‘सबैले मिलेर संस्थागत तरिकाले काम ग¥यो भने सजिलो हुने रहेछ । विभिन्न तहबाट सहयोग पनि मिल्ने रहेछ ।’ 

पाडाखेती कृषक समुह सदस्य निर्मला साउद तरकारी खेतीबाटै घरको सबै खर्च कटाएर वर्षमा दुई लाख आम्दानी गरेको बताउँछिन् । उनका अनुसार सिंचाईको पर्याप्तता नभएर पनि राम्रै आम्दानी भइरहन्छ ।

डोटीका अन्य ग्रामिण क्षेत्रहरुमा समेत पछिल्लो समय महिलाहरु व्यवसायीक कृषिमा सक्रिय हुन थालेका हुन् । पहिले झैँ दैनिक रुपमा खट्दा राम्रो आम्दानी हुने भएकाले उनीहरु उत्साही भएको बताउँछन् ।

शिखर नगरपालिका कृषि इकाइ कार्यालयका प्रमुख मदन खड्काका अनुसार कृषकका लागि विभिन्न योजना आएकाले पनि व्यवसायीक कृषि खेतीमा सजिलो हुन थालेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.