ताप्लेजुङमा चासोक तङ्नाम सुरु
ताप्लेजुङ : लिम्बू समुदायको मौलिक पर्व चासोक तङ्नाम (उधौली) शुक्रबार सुरु भएको छ। किराँत याक्थुम चुम्लुङको आयोजनामा भएको चासोकमा शनिबारसम्म विभिन्न कार्यक्रम हुने चुम्लुङका सहसचिव आलोक मावोहाङ लिम्बुले जानकारी दिए।
नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने लिम्बु जातिको परम्परा छ।चासोकसँगै लिम्बू जातिमा खुसियाली छाएको छ।
शुक्रबार सुरु भएको कार्यक्रमको प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले उद्घाटन गरे। जसअघि लिम्बुसहित विभिन्न जातजातिले साँस्कृतिक झाँकिसहित फुङलिङ बजार परिक्रमा गरेका थिए।