६ वर्षे बालिकामाथि यौन हिंसा, एकजना पक्राउ
राजविराज : ६ वर्षीया बालिकालाई हस्त मैथुन गर्न लगाएको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–७ हैटी टोलका ३५ वर्षीय वरूण रामलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बोदे बर्साइनले आरोपितलाई पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको जनाएको छ ।
घरपरिवारका सदस्यहरु धान काट्न खेत गएका बेला घरमा एक्लै बसेकी बालिकालाई नजिकैको केराबारीमा लगी काखमा राखेर आरोपितले शनिबार हस्तमैथुन गराइरहेको देखेपछि प्रहरीमा उजुरी गरेको बालिकाकी हजुरआमाले बताइन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले रामलाई पक्राउ गरी बालयौन दुरूपयोगको उजुरी दर्ता गरेको इन्स्पेकटर विष्णुप्रदिप बस्यालले बताए ।