रुपन्देही जिल्ला प्रशासनमा प्रत्येक महिना नयाँ काम
भैरहवा : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रत्येक महिना नयाँ कार्य गर्ने अभियानको थालनी गरेको छ । सेवा थप चुस्त बनाउन कार्यालयले प्रत्येक महिना नयाँ कार्य गर्ने अभियानको थालनी गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भने, ‘हामीले प्रत्येक महिना एउटा काम राम्ररी गर्ने लक्ष्यसहित यो अभियान सुरु गरेका हौँ ।’
अहिले जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ । जसबाट सर्वसाधरणले कार्यालयको सेवाबारे जानकारी लिने, गुनासो गर्न सक्ने, गोप्य सूचना दिन सक्ने छन् ।
हरेक दिन बिहान राष्ट्रगान पश्चात मात्र कार्यालयको सेवा प्रवाह हुने गरेको छ । यसले कर्मचारी र सेवाग्राहीमा राष्ट्रियताको भाव बढ्ने रानाको भनाइ छ ।कार्यालयले ‘सीएओ रुपन्देही’ नामक मोबाइल एप्स पनि संचालनमा ल्याएको छ ।
यस्तै प्रत्येक महिना नयाँ काम हुँदा कार्यालयको सेवा प्रवाह र सेवा लिन सेवाग्राहीलाई पनि सहजता हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस !