खोप लगाउँँदा शिशुको मृत्यु भएपछि पाटन अस्पतालमा तनाव

खोप लगाउँँदा शिशुको मृत्यु भएपछि पाटन अस्पतालमा तनाव

ललितपुर : ४५ दिने खोप लगाउँदा शिशुको मृत्यु भएपछि ललितपुरको पाटन अस्पतालमा तनाव भएको छ। शिशुका  आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै आन्दोलन सुरु गरेपछि तनाव भएको हो। 

आफन्तले अस्पतालको आकस्मिक सेवामा अवरोध पुर्याउन खोजेपछी प्रहरीको हस्तक्षेप गरेको छ। मंगलबार खोप लागाएर घर पुर्याइएका जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका  ४५ दिने छोराको मृत्यु भएको थियो। 

उनले आफ्नो छोराको मृत्यु खोपको कारण भएको आरोप लगाएका छन्। परिवारले खोप लगाउने व्यक्तिलाई कारबाहीको माग गरेका छन्। 

रावतले बच्चालाई पुस ९ गते ४५ दिने खोप लगाएर घर फर्केको र घर फर्केपछि थोरै ज्वोरो आएको बताए। बच्चा बिरामी भएपछि बिहान साढे छ बजे अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।
 
पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले यस विषयमा पोष्टमार्टमको रिपोर्ट नहेरी केही भन्न नसक्ने जानकारी दिए। ‘सरकारले उपलब्ध गराउँदै आएको खोप लगाएका हौँ,’ उनले भने, ‘अरुलाई पनि दिएका छौँ।’

शर्माका अनुसार खोप दिएको ७२ घण्टासम्ममा केही समस्या देखिएमा मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्टिङको प्रक्रिया सुरु भएको उनको भनाइ छ। 

महानगरीय प्रहरी परिसर जाउलाखेलमा मुद्धा दर्ता भइसकेको र शिशुको शव पोस्टमार्टमका लागि बुधबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए। 

घटनाको अनुसन्धानका लागि केन्द्रीय स्तरको छानबिन समिति बनिसकेको उनको भनाइ छ।  बिहीबार दुवै पक्षबीच छलफल भएको खनालले बताए।

घटनाको विषयमा अस्पतालले समेत अनुसन्धान सुरु गरेको छ। अस्पताल आफैँले पनि छानबिन गरिरहेको छ। अस्पताल प्रशासनले पोष्टमार्टमको रिपोर्ट पर्खेर बसेको जानकारी दिएको छ। 

शिशुका आफन्त भने खोप लगाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै आन्दोलित भएका छन्। बिहीबार बिहान आकस्मिक कक्षमा अवरोध गर्न खोजेपछि प्रहरी खटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.