झापाको मेचीनगरमा लागेको आगो दुई घण्टापछि नियन्त्रण, १३ घर जले (अपडेट)

झापाको मेचीनगरमा लागेको आगो दुई घण्टापछि नियन्त्रण, १३ घर जले (अपडेट)

बिर्तामोड : झापाको मेचीनगर-६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। बिहीबार राति करिब ८ बजेबाट सुरु भएको आगो राति पौने १० बजेमात्र नियन्त्रणमा आएको छ। 

आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी परिचालन थिए। अगालागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ। 

ग्यास सिलिण्डर पट्किएर आगलागी भएको स्थानीयले बताए पनि आगलागीको कारण खुल्न सकेको छैन।

आगो नियन्त्रणामा एक मात्र दमकल भएकाले समय लागेको स्थानीयले बताएका छन्। आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको हो। 

 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.