क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित

ललितपुर : ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार संस्थालाई हालको लागि निलम्बन गरिएको हो । टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तरुुन्त बन्द गर्न तथा बैक खाता रोक्का गर्नका लागि पत्राचार गरिसकेको बताए । उनले भने, ‘संस्थाका अन्य ठाउँमा थप जग्गा जमिन के छन् विवरण मागिरहका छौं, काजगपत्र लिने काम निरन्तर भइरहेको छ ।’

जोशीका अनुसार संस्थाको खातामा खासै पैसा देखिएको छैन । उनीहरुले प्रयोगमा ल्याइआएको नबील बैंकको खाता पनि रोक्का गर्न पत्राचार गरिसकेको जोशीले बताएका छन् ।

यस संस्थाले विज्ञापनमा एक प्रशिक्षर्थी शिक्षकको माग गर्दै क्रिष्चियन परिवारको हुनुपर्ने, क्रिष्चियन कलेजमा पढेको र चर्चको (प्रमाणीकरण चिठी) रेफरेन्स चाहिने लगायत मापदण्ड राखेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा गुनासो आएको थियो । गुनासोपछि यस संस्थामा छानबिन सुरु गरिएको बताइएको छ ।

टिच नेपाल ०६९ सालको मंसिरमा १५ गते संस्था दर्ता ऐन ०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको देखिएको छ । तर उनीहरुको आवद्धता भने समाज कल्याण परिषद ललितपुरमा छ ।

संस्था दर्ता ऐन ०३४ अनुसार कुनै धर्म तथा जाति विशेषका लागि मात्रै संस्था स्थापना हुन नमिल्ने उल्लेख गरिएको छ । ऐन तथा नियमावली भन्दा बाहिर गएर कसैले काम गर्न नमिल्ने प्रमुख जोशीले बताए । संस्था दर्ता ऐन तथा नियमावली ०३४ अनुसार यदी कुै पनि संस्थाले नियमावली भन्दा बाहिर गएको भेटिएमा संस्था खारेज हुन सक्ने, निलम्बन हुन सक्ने तथा अन्य कारबाही हुन सक्ने प्रावधान छ ।

तर संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले ‘टिच नेपाल’ ले विज्ञापन गर्ने क्रममा त्रुटी गरेको स्वीकार गरिसकेका छन् । उनले संस्था दर्ता गर्दा मण्डली, चर्च लगायत संस्थामा काम गर्ने भनेर खुलाएकाे पनि प्रष्ट्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.