ताप्लेजुङको सुकेटारमा हिमपात (फोटोसहित )
ताप्लेजुङ : शुक्रबार दिउँसो ताप्लेजुङको सुकेटार क्षेत्रमा हिमपात भएको छ। दिउँसो २ बजेतिर हल्का वर्षासहित हिउँ परेको हो। सुकेटार बजार क्षेत्रसहित त्यहाँभन्दा तलको गाउँ बुङकुलुङ, गढीडाँडासम्म हिउँ परेको छ। बुङकुलुङ र गढीडाँडामा भने २५ वर्षपछि हिउँ परेको स्थानीय दावा शेर्पाले बताए। '२०५० सालतिर मात्रै हिउँ परेको थियो, दावाले भने, 'लामो समयपछि हिउँ गाउँमा आउँदा खुसी लागेको छ।'
उक्त क्षेत्रमा हिउँमा रमाउनेको भीड लागेको छ। सदरमुकाम फुङलिङबाट हिउँ खेल्न युवा युवती र व्यावसायी सुकेटार पुगेका छन्। प्रसिद्ध तिर्थस्थल पाथीभरा, काफ्लेपाटि र ठूलोफेदिमा समेत २ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।