तेस्रो जाजरकोट महोत्सवमा दर्शक नचाउँदै नवीन

तेस्रो जाजरकोट महोत्सवमा दर्शक नचाउँदै नवीन

जाजरकोट : ‘मन मरेरै हो साईली मनपरेरै हो।’ भन्ने बोलको गीत गाउँदै लोकदोहरी गायक नवीन पौडेल जब स्टेजमा आए, दर्शकहरुबाट तालीको फोहरा फरर छुट्यो। हुटिङसँगै दर्शकहरु नाच्न थाले। मौसममा चिसो भए पनि जाजरकोट खलंगामा आयोजित महोत्सवले मानिसहरुलाई निकै ततायो। जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटको  मुख्य आयोजना र अन्य स्थानीय तहरुको सहकार्यमा  कार्यक्रम सञ्चालन गरिएको थियो।

गायक पैडेल कार्यक्रमको स्टेज छोडेर युवा, युवती तथा दर्शक भएको  ठाउँमै पुगेर गीत गाउँदा स्रोताले उनलाई भरपुर साथ दिए। उनी दर्शकसँगै नाच्न थालेपछि अनियन्त्रित भएका युवायुवतीलाई शान्त पार्न प्रहरीलाईसमेत हम्मेहम्मे परेको थियो। 

‘के सम्झनु छ र जान्न म त  त्यो घर हुने मन छ र, न त माईत न घर’ भन्ने बोलको गीतले नविनलाई चर्चामा ल्याएको हो। करीव ६ सय लोकदोहरी गीत गाइसकेका उनले दुई सय ५० लोकदोहरी एल्बम निकालेका छन्। 

गायक नवीनले समय सान्दर्भिक गीत गाउँछन्। धेरैजसो गीतमा उनकै शब्द, लय रहेको छ। रोईला भाकामा समेत गाउने उनका गीत निकै लोकप्रिय छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लाग्ने मेला, महोत्सवमा उनको निकै माग हुने गर्दछ। 

दर्शकलाई भरपुर मनोरञ्जन दिने कला भएका नवीनधेरै नेपालीको मनमस्तिष्कमा बसेका गायक हुन्।  उनलाई अर्का लोकदोहरी गायक शक्ति चन्दले साथ दिएका थिए। त्यस्तै कलाकारहरु जय रावल, टंक तिमिल्सिना, डिला विक, रेशम शाही लगायत पनि उनको साथमा थिए। महोत्सवमा हास्यकलाकार कमलले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए। 

उनको हाँस्यव्यग्य सुनेर दर्शकहरु पेटमिचिमिची हाँसेका थिए। पुस १४ गते तत्कालीन राजा विरेन्द्रको जन्मोत्सवका अवसरमा २०३५ सालदेखि लाग्दै आएको मेलालाई महोत्सवको रुपमा संचालन गरिएको खत्रीको भनाई छ।  महोत्सवमा अहिलेसम्म ५० हजारभन्दा बढी  सर्वसाधारणले अवलोकन गरेको आयोजकले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.