ठोरी महोत्सवमा ५० हजार पर्यटक

ठोरी महोत्सवमा ५० हजार पर्यटक

वीरगन्ज : पर्साको ठोरीमा जारी प्रथम ठोरी महोत्सवमा अङग्रेजी नयाँ वर्षको दिन मंगलबार मात्रै ५० हजार भन्दा बढीले अवलोकन गरेका छन्।

महोत्सवमा ३० हजार भन्दा बढी भारतीय पर्यटक नै रहेको महोत्सव आयोजक कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले बताए। अन्य भने स्थानीय र स्वदेशी पर्यटक छन्। 

भारतीय नाका र सीमासँगै जोडिएको पर्यटकीयस्थल ठोरीमा हरेक अंग्रेजी नयाँ वर्षका दिन भारत बिहारका विभन्न सहर र गाँउबाट पर्यटक वनभोज खान र घुमफिर गर्न आउने गर्छन्। 

वनभोज खाने क्षेत्रमा महोत्सव हुँदा धेरै भारतीय पर्यटक आउने गरेको आयोजक समितिका प्रवक्ता प्रेम लामाले बताए।

‘नयाँ वर्ष मनाउन र महोत्सव हेर्न भारतको बेतिया, नरकटियागन्ज, रामनगर, मोतिहारी, दिल्ली, बेँग्लोरलगायतका शहरहरुबाट पनि पर्यटक आएको भेटियो’, लामाले भने। 

मंगलबार ठोरीमा रहेको सेतो पहाड, राइधारा, गोलेडाँडा आसपासका क्षेत्रमा वनभोज खान तथा घुम्नका लागि भारतीय पर्यटकको घुँइचो लागेको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तामाङले बताए। 

भारतीय पर्यटकले ठोरी क्षेत्रको प्रशंसा गर्ने गरेका छन्। ‘पहाड, खोला, जङगल हेर्दा मन खुश हुन्छ’, भारत बिहार रामनगरका प्रमोदकुमार सोनी भन्छन्,  ‘हामी हरेक नयाँ वर्ष घुम्न र वनभोज मनाउन ठोरी आउने गरेका छौँ।’

पुस १३ गतेदेखि सुरु भएको ठोरी महोत्सव २३ गतेसम्म चल्ने छ। महोत्सवमा खानाका लागि होटल रेष्टुरेन्टसमे सञ्चालनमा आएका छन्। कपडा, चप्पल जुत्ता, इलेक्ट्रीक सामान, कृषि जन्य उत्पादनका गरी एक सय ५० वटा स्टलर राखिएका छन्। 

महोत्सव परिसरमा बालबालिकाहरुको मनोरन्जनका लाग पिङ , झुलुवा, मौतका कुवा, सर्कस, थिएटर पनि राखिएको छ। महोत्सव स्थलमा हरेक दिन राष्ट्रिय र स्थानीय गायक र कलाकारले सांगीतीक प्रस्तुति दिँदै आएका छन्। 

मंगलबार भोजपुरी गायक सुनिल पडित, सन्तोष राज र प्रमोद जख्मी तथा गायिका सेलिना कुवँरले भोजपुरी गीत प्रस्तुत गरे। ११ दिने महोत्सवमा दुई करोडको कारोबार हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.