नलगाडमा ५० लाखको मह उत्पादन

नलगाडमा ५० लाखको मह उत्पादन

जाजरकोट : जाजरकोटको नलगाडमा यस वर्षको हिउँदमा करिब ५० लाख रुपैयाँको मह उत्पादन भएको छ। नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिक मह उत्पादन हुन्छ। गत वर्षभन्दा मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ। यसपटक पानी नपरेकाले उत्पादन बढेको हो।

उत्पादन बढेपछि मौरीपालक किसानमा खुसीयाली छाएको छ। गतवर्ष दुई क्विन्टल मह उत्पादन गरेका नलगाड–४ लहका किसान केशव रावलले गत वर्षको तुलनामा तीन क्विन्टल मह उत्पादन गरेको बताए। उनका ४० घार मौरी छन्। रावलले यसवर्ष मह बिक्रीबाटै एक लाख ५० हजार रुपैयाँ आम्दानी गरे। ३५ घारबाट एक सय ५० किलो मह उत्पादन गरेको धर्मराज रावलले जानकारी दिए। १८ घारमा रोगका कारण मह उत्पादन हुन नसके पनि बाँकी डेढ क्विन्टल महबाट ६० हजार रुपैयाँ आम्दानी भएको रावलले बताए। धर्मराज र केशव मात्रै होइनन्, मह उत्पादन बढेपछि नलगाडका दुई सय ५० मौरीपालक किसान उत्साहित छन्।

वन विनास, अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, चरण क्षेत्र अभावका र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो। यसवर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताए। नलगाडमा मात्रै आठ हजार किलो मह उत्पादन भएको विष्टले जानकारी दिए। गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो।

गत वर्षसम्म प्रतिकिलो पाँच सय पर्ने मह अहिले सात सय पुगेको छ।

अर्गानिक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो। मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ। माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ। विगतमा प्रतिकिलो पाँच सय पर्ने मह अहिले सात सय पुगेको छ। ‘महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ’, विष्टले भने। मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका किसान मौरी व्यवसायमा उत्साहित देखिएका छन्।

तीन दशकदेखि यहाँका किसान व्यावसायिक रूपमा मौरीपालनमा आबद्ध छन्। उत्पादित मह किसानलाई बिक्री गर्न पनि विस्तारै सहज हुँदै आएको छ। अर्गानिक महको महŒव बुझाउँदै जाँदा अहिले व्यापारी किसानको घरमै पुगेर मह खरिद गर्ने गरेका छन्। नलगाड नगरपालिकामा चार हजार र जिल्लाभर ६ हजार घार छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.