प्रर्दशनीमा स्थलगत पेन्टिङ

प्रर्दशनीमा स्थलगत पेन्टिङ

काठमाडौं : काठमाडौं वरपरका रमणीय ठाउँ तपाईं घुम्नुभएको छ ? मन्दिरै मन्दिरको शहर काठमाडौंका कतिवटा मन्दिर तपाई पुग्नुभयो ? प्रत्यक्ष घुम्न जान पाउनुभएको छैन भने तपाईंले चित्र हेरेर यो रहर पूरा गर्न सक्नुहुन्छ। बबरमहलस्थित आर्ट काउन्सिलमा करिब ६६ जना चित्रकारले विभिन्न ठाउँमा गएर बनाएका स्थलगत चित्र प्रर्दशनमा राखिएको छ। 

गत मंगलबारदेखि सुरु भएको ‘शनिबारे स्थलगत चित्रकला प्रदशनीमा’१५० बढी चित्र समावेश छन्। चार महिनाअघि फेसबुकबाट जोडिएको चित्रकारको समूहले स्थलगत चित्रकला कार्यशालाको सुरुवात गर्ने योजना बनाएको थियो। 

योजनाअनुसार प्रत्येक शनिबार चित्रकारको टोली कुनै एक ठाउँमा गएर स्थलगत चित्र कोर्ने गर्थे। सुरुको हप्ता चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दिपेन्द्रमान बनेपाली चित्रकारिताका सामाग्री बोकेर काठमाडौँ दरबार क्षेत्र पुगे।

दोस्रो पटकदेखि स्थलगत चित्रकला कार्यशालामा जाने कलाकारको संख्या बढ्दै गयो। पुरातात्विक सम्पदा र तिनीहरुको ऐतिहासिक महत्व झल्काउने खालको दृष्यलार्ई उनीहरुले चित्रमा उतारे। लगातारको मेहनतमा उनीहरुले निकै चित्रहरु बनाइसकेका थिए। उनीहरुलाई पछ्याउदै अन्य जिल्लाका चित्रकारले पनि स्थलगत चित्रकला कार्यशाला आयोजना गरे।

धरान, विराटनगर र रुपन्देहीमा पनि यो चलनको सुरुवात भयो। यसलाई चित्रकारले एउटा अभियानको रुपमा विकसित गरे। चारमहिनासम्म प्रत्येक हप्ता बेग्लाबेग्लै ठाउमा गएर बनाइएका चित्र समावेश छन्। काठमाडौँ वरपरका हनुमानढोका, पाटन दरबार स्क्वायर, भक्तपुर दरवार स्क्वायर, ठिमी, स्वयम्भु, चागुनारायण, टेकु, चापागाउँको बज्रबाराही लगायतका १५ बटा ठाउँमा गएर विभिन्न दृष्यलाई  चित्रमा उतारेका थिए।
 
आजको चित्र वा दृष्य भोलिको इतिहास बन्न सक्छ। आज त्यो ठाउँमा जे छ भोलि त्यो नहुन सक्छ। एउटै ठाउँमा धेरै चित्रकारले देखेको फरक फरक स्थान विशेषका दृष्य कोरिने गर्छ। यो अभियान सबैका लागि प्रेरणा हुन सक्छ भनेर नै शुरुवात गरिएको अभियन्ता केशवराज खनालले बताए। 

खनालका अनुसार, चित्रकारिता एउटा च्यालेन्जिङ कला हो। स्टुडियो भित्र निकै सुन्दर क्यानभाष बनाउने चित्रकारले पनि स्थलगत रुपमा चित्र बनाउन सक्दैनन्। स्थलगत चित्रकलामा धेरै दृष्यहरुबाट थोरै मात्र सिन उतार्नु आफैमा कठिन काम हो। प्रकृति हेरेर दृष्य उतार्न चुनौती हुन्छ। 

सिर्जनात्मकता प्रकृतिबाट नै शुरु हुन्छ। प्रकृतिले छिनछिनमा रंग फेरिरहन्छ। त्यस्तै चित्रकलालाई निखारता ल्याउन प्रकृतिले निकै ठुलो साथ दिने भएकाले स्थलगत चित्र जिवन्त हुने खनालको स्किारोक्ति छ। 

स्थान बिषेशमा गएर चित्रकारहरुले त्यहाका अनुभविसंग संवाद गर्छन। पुरातत्वविद मार्फत कार्यशाला हुने स्थानको बिशेषताको जानकारी लिन्छन्। कलाकारले त्यस ठाउको सुन्दर र ऐतिहासिक दृष्यलाई दिनभर लगाएर चित्रमा उताने गर्छन। सम्पदासंग जोडिएका अनेकौ आयामहरुलाई पनि चित्रमा समेटिन्छ। 

चित्रकलाको क्षेत्रमा यो एउटा नया प्रयोग भएको अर्का चित्रकार अभियन्ता राकेश चन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार ‘शनिबारे स्थलगत चित्रकला कार्यशाला’ स्वतस्फूर्त रुपमा कलाकारबाट सुरु भएको अभियान हो।’चित्रकला प्रदशनी जनवरी सातसम्म चल्नेछ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.