भैरहवा बजारमा पार्किङको अभाव

भैरहवा बजारमा पार्किङको अभाव

भैरहवा : रुपन्देहीको सदरमुकाम भैरहवा बजारमा पार्किङको अभाव भएको छ। सडकमा सवारी साधनको चाँप बढ्दै गएपछि बजारमा पार्किङ स्थलको व्यवस्थापन नहुँदा सर्वसाधरणले समस्या झेल्नु परेको हो।

पार्किङस्थल अभावको मुख्य मारमा मोटरसाइकल र कार धनीहरु परेका छन्। बजारमा सडकको एक किनारमा मात्र पार्किङ स्थलको व्यवस्थापनका गरिएको छ। जुन बढ्दो सवारीका लागि पार्किङ अभाव भएको हो। सर्वसाधरणका साथै बजार घुम्न आउने आन्तिरक तथा बाह्य पर्यटकलाई समेत पार्किङले सताएको छ।

अंग्रेजी नयाँ वर्ष सुरुसँगै भारतीय पर्यटकको बजारमा घुइँचो लागेको छ। तर बजारमा पार्किङ स्थलको अभाव हुँदा पर्यटकलाई पार्किङको समस्या भएको बैंकरोडस्थित साहिल इन्टरनेसनलका संचालक हरिश सेठियाले भने।

बैंकरोडमा आउने भारतीय पर्यटकका सवारीलाई ट्राफिक प्रहरीले कारवाही गर्दा आफूहरुको व्यवसाय धरापमा पर्नुका साथै पर्यटकमा नकरात्मक असर पुगेको उनले बताए। 'एक त पार्किङ स्थल अपुग छ, त्यसैमाथि कतिपय पर्यटकलाई पार्किङबारे जानकारी हुँदैन, उनले भने,' थाहा नपाएर खाली ठाउँमा सवारी रोक्दा ट्राफिकले भारतीय पर्यटकका सवारीलाई कारवाही गर्ने गरेको छ।'

प्रयाजसो मानिस भैरहवामा किनमेल तथा सरकारी काम विशेषले आउने गर्दछन्। लुम्बिनी, मर्चवार, सुर्यपुरा, तिलोत्तमा, धकधईलगायत वरिपरिका स्थानीयको भैरहवा मुख्य बजार हो। पार्किङ स्थलको अभावमा भैरहवामा बजार घुम्न गाडी लिएर जान धेरै समस्या पर्ने गरेको ओमसतिया गाउँपालिका-२ पडसरीका सितल जिटी बताउँछन्। आफ्नो सवारी साधन लिएर भैरहवा बजार गर्न निस्किए गाडी पार्क गर्नका लागि पार्किङ स्थल पाइँदैन उनले भने,' पार्किङ स्थल बाहिर गाडी राख्दा ट्राफिक कारवाहीमा परिन्छ।'

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बेद पौडेलले पार्किङ स्थलको अभावका कारण बजारमा ट्राफिक व्यवस्थापनका लागि आफूलाई पनि समस्या परेको बताए। उनले सडक पुरानै संरचनामा रहेको अवस्थामा लाखौँ सवारी साधनलाई व्यवस्थापन गर्न कठिनाई भएको बताए।

'वर्षेनी सवारी साधन अत्याधिक रुपमा बढ्दै गएका छन् तर सडक संरचना पुरानै छ, उनले भने,' समयमा पार्किङ स्थलको व्यवस्थापन गर्न नसकिए अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएपश्चात मुख्य बजारलाई वान वे गर्नुपर्ने वा पैदल हिँड्नुपर्ने अवस्था सिर्जना हुनेछ।'

ट्राफिक प्रहरीका अनुसार सदरमुकाम भैरहवामा मात्रै दैनिक साना तथा ठूला गरी करिब १८ हजार सवारी साधन गुड्ने गर्छन्। जसमध्ये दैनिक करिब १४ हजार गाडीलाई कुनै न कुनै बेला बजारमा पार्किङको आवश्यकता पर्दछ। 

त्यसमध्ये गलत स्थानमा पार्किङ गरेकाले दैनिक करिब ३० वटा सवारी साधन कारवाहीमा पर्ने गरेको प्रमुख पौडेलले बताए।  गलत ठाउँमा पार्किङ गरेका सवारी साधनबाट मात्र वार्षिक ३५ देखि ४० लाख राजश्व संकलन हुने गरेको उनले बताए। पछिल्लो वर्ष मात्र यातायात व्यवस्था कार्यालय लुम्बिनीमा करिब डेढ लाख सवारी साधन दर्ता भएका छन्। डेढ लाख सवारी साधन मध्ये अधिकांश सवारी साधन रुपन्देही जिल्लाको भैरहवा र बुटवल बजारमा बढी गुड्ने गर्दछन्।

ट्राफिक प्रहरीका अनुसार अन्य अंचलमा दर्ता भएर रुपन्देहीमा गुड्ने सवारी साधन वार्षिक करिब २० हजारको हाराहारीमा छन्।यता सिद्धार्थनगर नगरपालिका (भैरहवा) का मेयर हरीप्रसाद अधिकारीले पार्किङ स्थलको व्यवस्थापनका लागि नगरपालिकाले छलफल गरी प्रक्रिया अघि बढाएको बताए।

उनले मुख्य बजार क्षेत्रमा नगरपालिकाको स्वामित्वमा जग्गा नरहेको हुँदा नीजि क्षेत्रसँग समन्वय गरेर पार्किङ स्थलको व्यवस्थापन गर्ने सोचमा रहेको बताए। त्यस्तै भैरहवा कारगारलाई नगरपालिकाको स्वामित्वमा ओमसतिया गाउँपालिकाको पट्खौलीमा रहेको जग्गा दिएर हाल भैरहवा कारगार अवस्थित क्षेत्रको जग्गालाई नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर पार्किङ स्थलको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.