१ केजी गाँजासहित पक्राउ

१ केजी गाँजासहित पक्राउ

गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरबाट गाँजासहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको फत्तेपुरबाट उदयपुरको सदरमुकाम गाईघाटतर्फ ल्याउने क्रममा प्रहरीले सप्तरीको सप्तकोसी नगरपालिका-१ फत्तेपुरका २४ वर्षीय गोविन्द परियारलाई बिहीबार बेलुका पक्राउ गरेको हो। 

पक्राउ परेका परियारको साथबाट प्रहरीले १ केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.