सडक किनारको हम्मेहम्मे

सडक किनारको हम्मेहम्मे

काठमाडौं : राजधनीका सडक पहिले  साँधुरा थिए, अहिले फराकिला छन्। तर, यिनिहरूको अवस्था भने जस्ताको तस्तै छ।

अहिले राजधानीमा सवारी पार्किङ नगरेको सडक भेटिदैनन्। सडक छेउको अव्यवस्थित पार्किङले सर्वसाधारण हैरान छन्। बागबजारका व्यापारी राम खतिवडा यस्तो पार्किङले समस्या निम्त्याएको बताउँछन्। 'पसलमा आउ जाउ गर्ने मान्छेलाई समस्या गराएको छ', उनी भन्छन्', सडक छेउमा हिड्ने मान्छेलाई पनि पार्किङले दु:ख दिएको छ।'   

सवारी साधनको गलत पार्किङले सडक अवरुद्ध मात्र पारिरहेका छैन, कतिपय अवस्थामा दुर्घटना नै गराउने गरेको ट्राफिक प्रहरी बताउँछ। कतिपय ठाउँमा समस्या भएको त्यस्ता समस्या न्यूनिकरणको प्रयास पनि भइरहेको ट्राफिक प्रहरी प्रमुख एसपी वसन्त पन्त बताउँछन्।  उनका अनुसार मैतिदेवी, बागबजार, पुरानो बानेश्वर, कमलपोखरी, बौद्ध, न्युरोड, नयाँ बानेश्वरलगायतका ठाउँ जथाभावी पार्किङ भएकै कारण विभिन्न ट्राफिक समस्या भइरहेको छन्।

उनका अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखा उपत्यकाभित्र २३ स्थानमा मात्र सडक छेउमा सवारी पार्किङ गर्न पाउने अनुमति दिएको छ। अर्कोतर्फ काठमाडौं महानगरपालिकले पनि २३ स्थान मात्र पार्किङका लागि स्थान तोकेको छ। कमलपोखरी, बागबजार, बौद्ध, महाराजगन्ज, पुरानो बानेश्वरलगायतका सडक छेउमा भने सवारी रोक्न पनि निषेध छ। तर, सबैभन्दा बढी अव्यवस्थित पार्किङको चाप यही क्षेत्रमा देखिन्छ।

प्रत्येक दिन काठमाडौं महानगरपालिकाले सडक छेउमा पार्किङ गरेका सवारीलाई  गाडीमा हालेर जैजान्छ। र, नियम अनुसारको एक हजार रुपैयाँ जरिवाना पनि तिराउँछ। तर, महानगरको यो कामबाट सडकमा जथाभावी पार्किङ गर्ने प्रवृति पूर्णरुपले नियन्त्रणमा नआएको महानगर बताउँछ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान श्रेष्ठ सडकमा जथाभावी पार्किङ नियन्त्रण गर्न सरोकारवाला निकायसँग परामर्श गरेर नयाँ कार्यक्रम ल्याउने तयारी गरेको बताउँछन्। 'केही स्थानमा पार्किङ उठाएर लिने गराका छौं तर सबै ठाउँमा यो सम्भव पनि छैन। चक्रपथ छेउछाउमा बढी पार्किङको समस्या देखिन्छ', प्रवक्ता श्रेष्ठ भन्छन्।

सडक छेउको पार्किङ नियन्त्रणको लागि सम्बन्धित निकायसँग बसेर महानगरपालिकाले विषेश कार्यक्रम ल्याउन लागेको उनी बताउँछन्। 'नयाँ कार्यक्रम ल्याएपछि सडकमा जथाभावी पार्किङ गर्ने प्रवृतिमा रोक लाग्ने आशा गरिएको छ, अहिले नै नयाँ कार्यक्रम कस्तो हुन्छ भन्ने खाका तयार भएको छैन', प्रवक्ता श्रेष्ठ भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.