हत्या आरोपी दुई जेल चलान
ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ का प्रतापसिंह साँवा लिम्बूको हत्याका आरोपी दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
सोहि वडाका १९ वर्षीय रोशन लिम्बू र १८ वर्षीय बिनम लिम्बूलाई जिल्ला अदालतको आदेशअनुसार बिहीबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाले जानकारी दिए। गाईले बाली खाएको विषयमा विवाद हुँदा गत कार्तिक ३ गते ३२ वर्षीय लिम्बूको घरमै हत्या भएको थियो।