हिमालयन शेर्पा सेमिफाइनलमा

हिमालयन शेर्पा सेमिफाइनलमा

वीरगन्ज : हिमालयन शेर्पा क्लब वीरगन्जमा जारी दोस्रो विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा आइतबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ४–१ गोलले पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान बनायो।

हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरे। खेलको नवौं मिनेटमा नाइजेरियन खेलाडी प्याट्रिक गोवाले पहिलो गोल गरे। त्यसपछि हिमालयन शेर्पाका विश्वास श्रेष्ठले ११औं, ३६औं र ३९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

पहिलो हाफमै ४–० ले पछि परेको एपीएफले दोस्रो हाफमा सान्त्वना गोल फर्काएको थियो। ८०औं मिनेटमा रवि थिङले गरे। खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका विश्वास श्रेष्ठ घोषित भए। हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि माघ २ गते आयोजक वीरगन्ज–११ सँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताअन्तर्गत सोमबार बाराको नवजनजागृति युवा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.