एसएसपी बढुवाको तयारी

एसएसपी बढुवाको तयारी

काठमाडौं : सरकारले नेपाल प्रहरीतर्फ एसएसपी बढुवाको बाटो खोलिदिएको छ । गृहमन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ (१) संशोधन गरेपछि एसपी र एसएसपी बढुवाको बाटो खुलेको हो ।

बढुवासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई आधार मानेर मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेसँगै रिक्त १५ जना एसएसपी बढुवाको प्रक्रिया अघि बढ्ने भएको हो । सरकारको यो निर्णयमा लोक सेवा आयोगले समर्थन दिएसँगै बढुवा प्रक्रिया पनि अघि बढ्नेछ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै चार महिनादेखि रिक्त १५ जना एसएसपीका लागि ३५ जना एसपीबीच प्रतिस्पर्धा हुने देखिएको छ । सुशील भण्डारीको दुर्घटनामा ज्यान गएपछि एक जना डीआईजीको पद पनि हाल रिक्त छ ।

प्रहरी नियमावली २०७१ को नियम २८ (१) मा प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी तलको पदमा अनिवार्य चार वर्ष सेवा गरेको प्रावधान थियो । यस अनुसार बन्ने लाइनमा रहेकाहरुको ४ वर्ष अवधि यही फागुन १० गते पुग्दै थियो । यस्तो अवस्थामा प्रथम श्रेणी तहको बढुवाका लागि अनिवार्य चार वर्षे नियममा संशोधन गरी सरकारले तीन वर्ष कायम गरेको हो ।

यस्तो छ प्रक्रिया

१५ जना एसएसपीका लागि ३५ जना एसपी प्रतिस्पर्धामा छन् । जसमा चार जना महिलाले पनि एसएसपीका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रहरी प्रधान कार्यालयका अनुसार २०४७, ०४९, ०५१ र ०५२ मा भर्ना भई ०७१ मा एसपी बनेका ३३ जना एसएसपीमा बढुवा प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी नियमावलीअनुसार रोलक्रममा रहेका नै बढुवाको सूचीमा अग्र स्थानमा छन् । गृहमन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा समितिले मन्त्रिपरिषद्को संशोधनलाई लोकसेवाले सहमति दिएसँगै बढुवा प्रक्रिया अघि बढाउनेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.